कृषि क्याम्पस स्थापना गर्ने मेराे मुख्य एजेण्डा : नेता धरेन्द्र यादव

0
402

परासी, २३ कार्तिक । जसपाबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादव यतिबेला चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् । उम्मेदवार आफनो चुनावी एजेण्डा लिएर जनताको दैलोमा पुगी मत माग्नमा व्यस्त देखिएका छन् । जसपा नवलपरासीका अध्यक्ष समेत रहेका नेता यादव नवलपरासीको निर्वाचन क्षेत्र २ को (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार हुन् ।
आज रामग्राम नगरपालिका वडा १५ घिनहाँमा घरदैलो कार्यक्रम गर्दै नेता यादवले चुनावी नेता भन्दा आफुँलाई पर्दा साथ दिने नेता रोज्न मतदाताहरुलाई सुझाव दिनु भयो । उहाँले ‘‘नेताहरु चुनावको बेला ठुला ठुला आश्वासनका दिन्छन तर पुरा गर्दैनन् आफुँ जे बोलिन्छ त्यो गरिन्छ” भन्ने दावा गर्दै मतदाता रिझाउनमा आजदिनभरि व्यस्त रहे । नेता यादव कृषि क्षेत्रलाई पहिलो प्रथामिकता दिएको र कृषि क्षेत्रलाई प्रबद्र्धदनको लागि कृषि क्याम्पस स्थापना गर्ने जिकिर गर्नु भयो ।

नेता यादवले भने, ‘‘यदि आफुँ चुनाव जिते भने आफनो निर्वाचन क्षेत्र रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका किसानहरुको समस्या सामाधान गर्न भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ” । नेता यादवले यसक्षेत्रमा लोक सेवा कक्षा संचालन गर्ने, शिक्षा स्वास्थ्य खेलकुद क्षेत्र र कृषि क्षेत्रमा बिशेष प्रथामिकता अफनो घोषणपत्र उल्लेख गरि चुनावी मैदानमा उत्रिएको भन्दै यस क्षेत्रमा धेरै युवाहरु बेरोजगार रहेकोले युवाहरुलाई रोजगारी दिलाउन स्थानियस्तरमा उद्योग स्थापना गरी युवाहरुलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here