परासी, २३ कार्तिक । दुई व्यापारी उम्मेदवार बीचको लडाइमा आफू चुनाब जित्ने दावा धरेन्द्र गर्छन। राजनीतिमा ब्यपारी हाबी हुँदै गएपछि राजनिती ब्यपारीको चङुलमा फस्यो र ब्यापरको माध्यम बनेको आरोप लगाउदै यादब यसपटक म शुद्ध राजनीतिक र एक मजदुर किसानका छोरालाई चुनाब जिताउन मतदातामा आग्रह गर्नु भयो।
चुनाबका बेला नेताहरु ठुला ठुला घोषणा पत्र र चुनाबी एजेन्डा लिएर मतदाताहरुलाई झुक्याउन आउदै गरेको नेता यादब आरोप लगाउदै आफू यसै समाज र क्षेत्रमा कृयाशिल रहि सधै जनताको सेवा गर्दै आएको आफुलाई नै माया गर्न आग्रह गर्नु भयो
नवलपरासी निर्वाचन क्षेत्र २ को ख बाट जसपाबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादब रामग्राम १५ घिनहामा घर्दैलो गर्दै मतदाताहरुलाई आफ्नो प्रतिस्पर्धामा रहेको ब्यपारी नेताको चङुलमा नफस्न सचेत गराउन भयो। ब्यपारी नेता बिजयी भएपछि जनताको माझमा फर्केर न आउने र यश क्षेत्रको बिकास भन्दा ब्यपारमा मात्र सिमित रह्ने हुदा आफू एक मजदुर किसानको छोरालाई चुनाबमा सहयोग गर्न आग्रह गर्नु भयो। चुनाबी प्रचारमा उत्रेका नेता यादब आफ्नो चुनाबी एजेन्डा सहित मतदाता भेट्दै यस क्षेत्रको किसानको समस्या, बेरोजगारीको समस्या, सामाधान गर्न र यश क्षेत्रको बिकासका लागि आफ्नो उम्मेदवारी रहेको जिकिर गर्नु भयो। उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा काङ्ग्रेस-माओबादी गठबन्धनबाट काङ्ग्रेसका बैजनाथ जयसवाल, लोसपा राप्रपाको तालमेलबाट लोसपाका नगेन्द्र अग्रहरी र विभिन्न दलबाट उम्मेदवारी रहेको छ। उक्त क्षेत्रमा काङ्ग्रेस, जसपा र लोसपाको तीन कोणिय प्रतिस्पर्धा रह्ने अनुमान गरिएको छ।