डुबानकाे समस्या सामाधान गराउन मेराे उम्मेदवारी : नेता बैजनाथ जयसवाल

0
284

परासी, २१ कार्तिक । प्रदेशसभा सदस्य पदका उम्मेदवार नेता बैजनाथ जयसवालले आफनो घरदैलो कार्यक्रम तिब्र पारेका छन् । विगतमा अधुरो रहेका कामहरु पुरा गर्न र उनको निर्वाचन क्षेत्रमा देखिएको विभिन्न समस्या सामाधानका लागि आफनो उम्मेदवारी रहेको नेता जयसवालले बताउदै यतिबेला मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन् । नवलपरासी निर्वाचन क्षेत्र २ को ख बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका नेता जयसवाल आज पाल्हीनन्दन गाउँपालिका वडा २ मा घरदैलो कार्यक्रम गर्दै किसानको समस्या, डुबानको समस्या र बेरोजगारी जस्ता मुख्य समस्या सामाधानका लागि आफनो भरपुर कोसिस रहने मतदाताहरुलाई प्रतिबद्धता जाहेर गर्दै मत मागी रहेका छन् ।

नेता जयसवाल आफनो चुनावी घोषणा पत्र लिएर मतदाताहरुको दैलोमा पुग्दै मतदाताहरुको गुनासे सुन्दै मत माग्नमा व्यस्त रहेको पाईन्छ । नेता जयसवाल संगै उक्त क्षेत्रमा जसपा–नेकपा एमालेको गठबन्धनबाट धरेन्द्र यादव, लोसपा– राप्रपाको चुनावी तालमेलबाट नगेन्द्र अग्रहरीको उम्मेदवारी रहेको छ । नेता जयसवाल सरल र सहयोगी भएकाले उनी गत चुनाव आफनो हात पारेका थिए । नेता जयसवाल चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here