परासी, २१ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । नेता कण्डेल आफनो चुनावी घोषणा पत्र लिएर मतदाताहरुको दैलोमा पुगी मत माग्नमा व्यस्त देखिएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा नेता कण्डेल घरदैलो तथा कोणसभाका कार्यक्रमहरु तिब्र पारेका छन् । नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता कण्डेल आफनो ९ बुँदे लोकप्रिय एजेण्डा सहित मतदाताहरु कहाँ पुगीरहेका छन् ।

सोही घरदैलो कार्यक्रम अनुसार नेता कण्डेल आज सुनवल नगरपालिका वडा २, वडा ११ र वडा १२ मा घरदैलो संगै वडा सम्पर्क कार्यालयको उद्दघाटन समेत गरेका छन् । नेता कण्डेलको घरदैलो कार्यक्रममा जनता तथा कार्यकर्ताहरुको उत्साहपुर्ण सहभागिता रहदै आएको छ । कार्यक्रममा सम्बोधन गर्दै नेता कण्डेलले लोकतन्त्र तथा संविधानको रक्षा गर्न नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई बिजयी गराउन आग्रह गरे । उनले, तत्कालिन नेकपा एमालेको सरकारले २ पटक संसद विघटन गरि देशलाई अन्धकारमा धकेल्ने प्रयास गरेपनि असफल भएकाले लोकतन्त्र र संविधानको रक्षाका निम्ती लोकतान्त्रिक बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरे ।
