परासी, २१ कार्तिक । लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार बैजनाथ जयसवाल यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त देखिएका छन् । आसन्न निर्वाचनमा चुनाव आफनो पक्षमा पार्न नेता जयसवाल आफनो लोकप्रिय एजेण्डा लिएर मतदाताहरुको दैलो–दैलो पुगी रहेका छन् । नेता जयसवाल मतदाताको माझ पुगी आफनो योजनाहरु सुनाउने र अधुरो रहेको योजना पुरा गर्नका लागि आफनो उम्मेदवारी प्रस्तुत गरिरहेका छन् । आईतबार पाल्हीनन्दन ३ कुश्मा, पर्सियामा घरदैलो कार्यक्रम गर्दै नेता जयसवाल आफुँ जनताको सेवको रुपमा प्रस्तुत गर्दै जनताको सुखदुखमा साथ दिदै आएको जिकिर गर्नु भयो ।
मतदाताहरुले कृषि, डुबान र बेरोजगारीको समस्या सुनाउदै अब यि समस्याहरुलाई सामाधान गर्न नेता जयसवाललाई आफनो शर्त राख्ने गरेका छन् । गत निर्वाचनबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका नेता जयसवाल आफनो अधुरो योजना र देखिका समस्याहरु सामाधानका लागि आफनो उम्मेदवारी दोहोरयाएको जिकिर गरे । नेता जयसवाल एक लोकिप्रय र चर्चित नेता रहेकाले उनी प्रति मतदाताहरुको समर्थन बढदो छ । उनी निकै सरल स्वभाव र सहयोगी भावनाका व्यक्ति भएकाले आफनो दुख सुख उनलाई जतिबेला सुनाउन मतदाताहरुले अवसर पाउने हुँदा उनी प्रीत जनसमर्थन बढदै गएको देखिन्छ ।