दलित समुदायको हक अधिकारका लागि प्रतिबद्ध छु : बिनोद चौधरी

0
426

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले मुलुकको हरेक परिवर्तन र आन्दोलनमा दलित समुदायको भुमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।

दलित संघ नवलपरासीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी हरेक क्षेत्रमा दलित समुदायको हक अधिकारलाई स्थापित गर्न आफू र सिङ्गो पार्टीनै प्रतिबद्ध रहेको बताउनु भयो।संविधानमा उल्लेख भएका बुदाहरुलाई अक्षरस पालना गरेर दलित समुदायका समस्या र चुनौतीहरुलाई छुट्टै बहस को बिषय बनाएर लगिनु पर्ने र सबै नागरिकमा आत्मसम्मान को अनुभुत हुने गरि अघि बढ्नु आजको आवस्यकता भएको चौधरीको भनाई छ।

राज्यका हरेक अंगहरुमा दलित समुदायको प्रतिनिधित्व र समान सहभागीताकालागी नेपाली काङ्ग्रेस कटिबद्ध रहेको चौधरीले बताए।आरक्षण मात्र ठूलो कुरा होइन बिपन्न दलित समुदायको आर्थिक स्तर सुधार्न फरक खालका कार्यक्रम ल्याईने चौधरीले बताए।सबै समुदायको हक अधिकारको सुनिस्चितताका लागि उनिहरुको पहिचानका लागि अब संघर्ष गरिरहनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने चौधरीले बताए।
देशको आमूल परिवर्तनका लागि दलित समुदायले खेलेको भुमिका पृथक रहेको बताउदै उनिहरुको योगदान ईतिहासको स्वर्ण पानामा लेखिनु पर्ने चौधरीले उल्लेख गरे।हाम्रो मुद्दा बिकास निर्माण,समृद्ध मुलुक निर्माण को हो हामी सबै सहयात्री हौ त्यसैले एक भएर अघि बढ्नुको बिकल्प नरहेको चौधरीले बताए।

परासी, २० कार्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले मुलुकको हरेक परिवर्तन र आन्दोलनमा दलित समुदायको भुमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।

दलित संघ नवलपरासीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी हरेक क्षेत्रमा दलित समुदायको हक अधिकारलाई स्थापित गर्न आफू र सिङ्गो पार्टीनै प्रतिबद्ध रहेको बताउनु भयो।संविधानमा उल्लेख भएका बुदाहरुलाई अक्षरस पालना गरेर दलित समुदायका समस्या र चुनौतीहरुलाई छुट्टै बहस को बिषय बनाएर लगिनु पर्ने र सबै नागरिकमा आत्मसम्मान को अनुभुत हुने गरि अघि बढ्नु आजको आवस्यकता भएको चौधरीको भनाई छ।

राज्यका हरेक अंगहरुमा दलित समुदायको प्रतिनिधित्व र समान सहभागीताकालागी नेपाली काङ्ग्रेस कटिबद्ध रहेको चौधरीले बताए।आरक्षण मात्र ठूलो कुरा होइन बिपन्न दलित समुदायको आर्थिक स्तर सुधार्न फरक खालका कार्यक्रम ल्याईने चौधरीले बताए।सबै समुदायको हक अधिकारको सुनिस्चितताका लागि उनिहरुको पहिचानका लागि अब संघर्ष गरिरहनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने चौधरीले बताए।
देशको आमूल परिवर्तनका लागि दलित समुदायले खेलेको भुमिका पृथक रहेको बताउदै उनिहरुको योगदान ईतिहासको स्वर्ण पानामा लेखिनु पर्ने चौधरीले उल्लेख गरे।हाम्रो मुद्दा बिकास निर्माण,समृद्ध मुलुक निर्माण को हो हामी सबै सहयात्री हौ त्यसैले एक भएर अघि बढ्नुको बिकल्प नरहेको चौधरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here