महेसपुर देखि सुनवलसम्मकाे सडक फोरलेन बन्दै : उक्त १ अर्ब ३३ कराेडकाे फाेरलेन सडक ल्याउन नेता कण्डेलको अहमरोल

0
940

परासी, १९ कार्तिक । नवलपरासीको सुनवलदेखि महेसपुरसम्म कुल २१ किलोमिटर दुरीको सडक ४ लेनको बन्ने भएको छ । सरकारले सडकको स्तरउन्नती सहित व्यपारिक मार्क बनाउन उक्त २१ किलोमिटर दुरीको सडकलाई फोरलेनको रुपमा विस्तार गर्न लागेको छ । यस सडक विस्तारमा पुर्व गृहराज्यमन्त्र देवेन्द्रराज कण्डेलको महत्वपुर्ण भुमिका रहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनी संग निकट मानिने निवर्तमान सांसद नेता कण्डेलले आफनो गृह जिल्लामा यस्तो ठुलो परियोजना हात पार्न सफल भएको जिकिर गर्नु भयो ।

जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता कण्डेल चुनाव प्रचार प्रसारको क्रममा यो लोकप्रिय र गौरवको योजनामा पार्न निकै कठिनाईको सामना गर्न परेको बताउदै यसमा महत्वपुर्ण भुमिका निर्वाहले सफल भएको जिकिर गर्नु भयो । शनिवार रामग्राम नगरपालिका वडा ८ स्थित वडा सम्पर्क कार्यालयको उद्दघाटन गर्न नेता कण्डेलले यस फोरलेन बाटोको लागि सरकारले १ अर्ब ३३ करोड रुपैया बिनियोजन गरि ठेक्का प्रकृयामा लगि सकेको बताउदै यस योजना पार्नमा आफनो प्रत्यक्ष भुमिका रहेको जिकिर गर्नु भयो ।

यो सडक सिमामा महेसपुर भन्सारलाई जोडदै जिल्लाको सदरमुकाम परासी बजार हुदै माथि सुनवल बजारको हाईवेसम्म जोडिन्छ । बर्तमान अवस्थामा रहको महेसपुर सुनवलको साघुरो सडकले हेवी तथा बढि भारको सवारी साधन थेग्न नसक्ने र तस्ता सवारी आउँदा ट्राफिक जाम, दुर्घटना जस्ता समस्या हुने हुँदा सरकारले यो बाटो फराकिलो बनाउन लागेको नेता कण्डेलले जानकारी दिनु भयो । यो सडक फराकिलो भएपछि यो राम्रो व्यपारिक मार्ग बन्ने र यहाँको जग्गाको मुल्याङ्गकन बढने र यहाँ विस्तार हुने बजारीकरणबाट आउने आर्थिक लाभले यहाँका जनताहरुलाई जिवन स्तर माथि उठने नेता कण्डेलको विश्वास रहेको छ ।
जिल्लाको यस्तो ठुलो, लामो र गौरवको योजना नेता कण्डेलले पहल गरेपनि उहाँको चौतर्फि चर्चा भैरहेको छ । उहाँले यस सडकलाई सुनवलमा मात्र विश्राम नगरिकन महलपोखरी, पाल्पा हुदै पोखरा समेत जोडने आफनो द्ध«ण संकल्प रहेको जिकिर गर्नु भयो ।
नेपाली कांग्रेका केन्द्रिय सदस्य समेत रहेका नेता कण्डेले यतिबेला आफनो लोकप्रिय एजेण्डाका साथ जनताको घरदैलोमा व्यस्त छन् । चुनाव नजिकिदै जाँदा नेता कण्डेल आफनो ९ बुँदे लोकप्रिय एजेण्डा लिएर मतदाता कहाँ पुगी चुनावी प्रचारप्रसारमा तिब्रता दिईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here