कर घटाउदै रामग्राम नगरपालिका : यस्ता छन् निःशुल्क सेवाहरु

0
550

परासी, १९ भाद्र । रामग्राम नगरपालिकाले कर पुनरावलोकन गर्ने निर्णय गरेको छ । करका बिषयमा जनताहरुबाट गुनासो आएपछि भाद्र १८ गते सोमबार बसेको नगर कार्यपालिकाको बैठकले करको दरलाई पुनरावलोकन गर्ने निर्णय गरिएको मंगलबार रामग्राम नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमखु नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

नगरपालिकाले एकिकृत सम्पत्ती कर, व्यवसायिक कर र विभिन्न सेवा बापतको सिफारिश शुल्कलाई पुनरावलोकन गर्ने प्रमुख गुप्ताले बताए । चालु आर्थिक वर्षको साउन मसान्तबाट रामग्राम नगरपालिका सहित देश भरकै स्थानीय तहमा सम्पत्ती कर लागु भएको छ । पुनरावलोकन भई केही दिनमै आवश्यक प्रक्रिया पुरा गरी सम्पत्ती करसहित केही करका दर र सिफारिस दस्तुरहरु यही असोज मसान्तमा हुने चौथो नगर सभाबाट नयाँ दर पारित गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । यस्तै व्यवसायिक कर कार्यपालिकाकै बैठकबाट आवश्यक निर्णय गर्न सकिने भएकाले प्रक्रिया पुरा गरी केही दिनमै व्यवसायिक कर समेत कम गरिने नगर प्रमुख गुप्ताको भनाई छ । नगर भित्र सम्पत्ती कर अन्तर्गत हाल १० लाख सम्मको सम्पत्तीमा रु २ सय, दश लाखदेखि ५० लाखसम्म एक हजार, पचास लाखदेखि १ करोडसम्म ३ हजार कर लिने गरिएको छ । एकिकृत सम्पत्ती कर रामग्राम नगरपालिकामा २०५६ सालबाट लागु भएकोमा चालु आर्थिक वर्षको साउनबाट ति करहरु केही परिमार्जित र सम्पत्ती मुल्यांकन अनुसार करको दर केही थप भएर लागु लागु भएको हो ।
विभिन्न सिफारिस र सेवा निःशुल्क
रामग्राम नगरपालिकाले विभिन्न सिफारिसहरु निःशुल्क गरेको जनाएको छ । ब्यक्तिगत घटना दर्ता अन्तर्गत जन्मदर्ता, मृत्यु दर्ता, बसाई सराई, विवाह दर्ता, सम्बन्ध विच्छेद लगायतका घटनाका दर्ताहरु निःशुल्क गरिएको नगरपालिकाले जनाएको हो । ब्यक्तिगत घटनाहरु ३५ दिन भित्र दर्ता नगराए रु एक सय जरिवाना लाग्ने जनाईएको छ । यस्तै विरामी सिफारिस, आगलागी तथा भुकम्प पीडित, बाढी पीडित, न्यायिक समितिका सिफारिस, स्वास्थ्य, कृषि तथा भेटेनरी, महिला तथा बालबालिका लगायतका शाखाबाट दिईने विषयगत सिफारिसहरु समेत निःशुल्क रहेको नगरपालिकाले जनाएको हो । कृषि तथा भेटेनरी शाखाबाट मल र र आवश्यक कृषिजन्य सामाग्रीहरु सिफारिस हुदै आएको छ भने महिला तथा बालबालिका शाखाबाट जेष्ट नागरिक परिचय पत्र, अपाङ्गता परिचय पत्रलगायतका सिफारिसहरु हुदै आएको छ ।
किसानलाई सहुलियत हुने
रामग्राम नगरपालिकाले पुनरावलोकन गर्ने भनिएको करबाट नगर भित्र कृषकहरुलाई ठुलो सुबिधा हुने विश्वास गरिएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । कृषि योग्य भुमी समेत एकिकृत सम्पत्ती कर अन्तर्गत पर्ने गरेकाले यसबाट कृषकहरु थोरै भएपनि करको भार महशुस गरेकाले नगर क्षेत्रका कृषकहरुलाई मध्य नजर गरेर कर पनरावलोकन गर्ने निर्णय गरिएको प्रमुख गुप्ताको भनाई छ । नगरबासी र क्रियाशिल राजनीतिक दलको गुनासो र सुझावको आधारमा कर पुनरावलोकन गर्ने निर्णय गरिएकोभन्दै अब करको बारेमा कुनै बिरोध गर्न आवश्यक नरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई समृद्ध बनाउन नगरबासी, जनप्रतिनिधि, तथा नगरमा क्रियाशिल राजनीतिक दलका नेताहरुको रचनात्तमक सुझावसल्लाह अनुसार नगरपालिकाले काम गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here