नेता कण्डेल आफनो लोकप्रिय एजेण्डा सहित मतदाताको दैलोमा : उहाँप्रति मतदाताको समर्थन बढदै

0
283

परासी, १९ कार्तिक । नेपाली कांग्रेका केन्द्रिय सदस्य प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्रराज कण्डेल आफनो लोकप्रिय एजेण्डाका साथ यतिबेला घरदैलोमा व्यस्त छन् । चुनाव नजिकिदै जाँदा नेता कण्डेल आफनो ९ बुँदे लोकप्रिय एजेण्डा लिएर मतदाता कहाँ पुगी चुनावी प्रचारप्रसारमा तिब्रता दिएका छन् । चर्चित एवं लोकप्रिय नेता कण्डेल नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । पुर्वगृहराज्य मन्त्री समेत रहेका नेता कण्डेल गत चुनावमा पनि यसै क्षेत्रबाट भारती मतले प्रतिनिधि सभा सदस्य पदमा बिजय भएका थिए ।

नेता कण्डेलले आफनो अधुरो योजना पुरा गर्न र यस क्षेत्रको समस्या सामाधानका लागि आफनो उम्मेदवारी दोहो¥याएको बताउनु हुन्छ । शनिवार रामग्राम नगरपालिका वडा ८ मा वडा सम्पर्क कार्यालयको उद्दघाटन गर्दै नेता कण्डेलले यस कृषि क्षेत्रमा देखिएको मल, बिउबिजन, औषधी, सिँर्चाइ, जस्ता समस्याको उपयुक्त सामाधान र कृषिमा आधुनिकरण भए यहाँको किसान जनताहरुको जिवन स्तर माथि उठने विश्वास व्यक्त गर्दै यस समस्या सामाधानका लागि संसदमा आफनो दरो उपस्थिती रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।
उहाँले सभा सम्बोधन गर्दै भन्नु भयो, अहिलेका सरकारले मल आपुर्तिका लागि विदेशमा भर पर्दै आएकाले समयमा मलको आपुर्ति हुन नसकिरहेकाले चुनाव पछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मल उद्योग लगाएर यहाँका जनतालाई सहजै मल उपलब्ध गराउने विश्वास दिलाउनु भयो । नेता कण्डेल प्रति यस क्षेत्रका मतदाताहरुको आकर्षण बढदै गएकाले नेता कण्डेल अहिलेसम्म यस क्षेत्रमा बलियो उम्मेदवारको रुपमा प्रस्तुत भैरहेका छन् । यस क्षेत्रमा नेकपा एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट धुव्र बहादुर प्रधानको उम्मेदवारी पनि रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here