पृथ्वीचन्द्र अस्पतालद्धारा पुर्व कार्यसमितिलाई विदायी

0
528

परासी, १९ भदौ । जिल्ला पृथ्वीचन्द्र अस्पताल विकास समिति नवलपरासीले पुर्व कार्यसमितिलाई एक औपचारिक कार्यक्रम बिच विदायी गरेको छ । अस्पतालको विकास तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयद्धारा सन्तोष श्रीवास्तवको नेतृत्वमा गठित कार्यसमितिलाई अस्पताले मंगलबार एक कार्यक्रम बिच विदायी गरेको हो ।

करिब २ बर्षदेखि काम गर्दै आएको उक्त कार्यसमिति सरकारद्धारा विघटन भएपछि समितिले निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई विदायी गरेको हो । अस्पतालले समितिका निवर्तमान अध्यक्ष सन्तोष श्रीवास्तवको टिमलाई करिब २ बर्षको अवधिमा अस्पतालको विकास तथा व्यवस्थापनका लागि गरेको कार्यको प्रसंशा गर्दै विदायी गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर आनन्त कुमार मिश्राको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायको प्रमुख अतिथ्यतामा समितिका निवर्तमान अध्यक्ष सहितको टोलीलाई फुलको गुच्छा दिएर विदायी गरेको हो ।

त्यसैबिच प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पृथ्वीचन्द्र अस्पताल विकास तदर्थ समितिको संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायलाई तोकेकोमा उनलाई अस्पतालले स्वागत गरेको हो । सोही कार्यक्रम बिच तदर्थ समितिका संयोजक राय र उनका टिमलाई अस्पतालले स्वागत गर्दै अस्पतालको अवस्था बारे जानकारी गराएको थियो ।

विदायी कार्यक्रममा प्रमुख अतिथि शिव शंकर राय, विशिष्ट अतिथि रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, अतिथि उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, रामग्राम नगरपालिका ६ का वार्ड अध्यक्ष जितेन्द्र अग्रहरी, अस्पता विकास समितिका निवर्तमान अध्यक्ष सन्तोष श्रीवास्तव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बेचु गौड लगायतले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here