परासी, २३ असोज । नवलपरासी पश्चिम १ बाट अर्बपति बिनोद चौधरीले उम्मेदवारी दिएका छन् । अर्बपति बिनोद चौधरीले नेपाली कांग्रेसबाट जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । अर्बपति चौधरी आफनो पार्टीका कार्यकर्ताहरु सहित हर्साेउल्लासका साथमा आफनो उम्मदेवारी दर्ता गराएका हुन् । यता सोही निर्वाचन क्षेत्रबाट मधेशका चर्चित नेता ह्देश त्रिपाठीले पनि आफनो उम्मदेवारी दर्ता गराएका छन् । जनता प्रगतिशिल पार्टीका अध्यक्ष समेत रहेका नेता त्रिपाठीले पनि धुमधामका साथ प्रतिनिधिसभा सदस्य पदमा आफनो उम्मेदवारी दर्ता गराएका हुन । निर्वाचन क्षेत्र नं १ नेता त्रिपाठीको निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रमा नेता त्रिपाठी र अर्बपति चौधरीको उम्मेदवारीले ति दुबैबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेता त्रिपाठी गत निर्वाचनमा एमालेको चुनाव चिन्ह सुर्यबाट चुनाव लडेर बिजयी भएका थिए भने यस चुनावमा आफनै दलको चुनाव चिन्ह कोदालो बोकेको किसान चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । यि दुबै नेताले जिल्लाको बर्दघाट नगरपालिकामा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा गई आ–आफनो उम्मेदवारी दर्ता गराएका हुन ।
नेता त्रिपाठी र अर्बपति बिनोद चौधरी बिच हुने चुनावी प्रतिस्पर्धाले जिल्लाबासीहरु ध्यान तानेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को चुनावमा ति दुईटा दिग्गज प्रोफाईलका नेता चुनावी प्रतिस्पधामा आजदेखि भिडेपछि नतिजा के होला भन्ने विषयमा जिल्लाबासीहरु आ–आफनो अनुमान गरिरहेका छन् ।
त्यस्तै यता प्रतनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, नेकपा एमालेका जिल्ला अध्यक्ष एवं निवर्तमान प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी र राप्रपाका उपाध्यक्ष एवं पुर्व प्रहरी महानिरिक्षक धुव्र बहादुर प्रधानको पनि प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी परेपछि यो हुने तिन कोणिय प्रतिस्पर्धाले पनि निकै चर्चा बटुलिरहेको छ । यस्तो जिल्लामा नेकपा माओबादी केन्द्र, जसपा, लोसपा, जनमत लगायतका दलहरुको पनि उम्मेदवारहरुले विभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।