आफै खटेर पोलमा बत्ति जडान गराए रामग्राम वडा ५ का जनप्रतिनिधि

0
415

परासी, १६ असोज । रामग्राम नगरपालिका वडा ५ ले ड्राईभरटोललाई उज्यालो बनाएको छ । पोलहरुमा जडान गरिएको स्ट्रिट बत्ति बर्षाले विग्रेपछि वडा कार्यालयले आफनो क्षेत्रभित्रका पोलहरुमा हाई भोल्टेजको स्ट्रिट लेम्प बत्ति जडान गरि वडालाई उज्यालो बनाएको छ । वडाका अध्यक्ष रामवृक्ष यादव, वडा सदस्यद्धय हरि प्रसाद शर्मा, सरोज क्षेत्रको अगुवाईमा एन्गल बनाई पोलहरुमा उक्त बत्तिहरु जडान गरि वडालाई उज्यालो बनाइपछि वडाबासीद्धारा जनप्रतिनिधिहरुको चौतर्फि प्रशंसा भैरहेको पाइएको छ । रातीको समयमा हिडदा सर्प र विभिन्न विषालु किटाणुहरुको टोकाईको जोखिम र कतैकतै बाटो फुटेर हिलाम्मे सडकमा हिडदा हिलो छयापीने जस्तो समस्या रहदै आएपनि अहिले वडाभरि बत्ति जडानले वडाबासीहरुलाई निकै सहज भएको बताउछन् ।

पहिला जडित लो भोल्टेजको एलईडी बल्बले कम उज्यो दिने र पानी पसेर विग्रिने समस्याले गर्दा अहिले यो बढि उज्यालो दिने र लामो समयसम्म टिक्ने लेम्ब बत्ति जडान गरिएको वडा सदस्य सरोज क्षेत्रीले जानकारी दिनु भयो । वडा सदस्य सरोज क्षेत्रीका अनुसार उक्त टिक्ने गुणस्तरीय बत्ति खरिद गरि वडा क्षेत्रहरुमा जडान कार्य तिब्र पारिएको र यो कुनै बेला बिग्रेर मर्मतको आवश्यक्ता पर्दा प्राविधिक सदैव तयार रहने गरि सम्झौता गरिएको बताउनु भयो । २/३ महिनादेखि वडामा स्ट्रिट लाईटको समस्या सामाधान गर्न वडाका जनप्रनिधिहरु प्राविधिक र लाईट लिएर आफै खटिएर काम गरेको पाइयो । यसरी समाज र वडाका लागि खटिने जनप्रतिनिधिलाई थप प्रोत्साहन गर्न आवश्यक छ । केहि दिन अगाडी वडाको बजार र विभिन्न टोलहरुमा बाटोको सरसफाई समेत वडा वडा अध्यक्ष र वडा सदस्यहरु आफै खटिएर गराए । वडालाई सुन्दर व्यस्थित वडा बनाउन यहाँका जनप्रतिनिधिहरु निकै मिहिनेतका साथ खटिएर काम गरिरहेको देख्न पाईन्छ । याे बत्ति जडान तथा मर्मत अरू वडामा पनि भैरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here