परासीको दशैं मेलामा पिङ्गहरु र कुस्तीले आकर्षण थप्ने : मेलालाई आकर्षित बनाउन कसिए वडा अध्यक्ष निरज रौनियार

0
623

परासी, १६ असोज । हिन्दु समुदायको महान चाँडपर्व बिजया दशमीको परासीमा भव्य मेला लाग्ने भएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा २ स्थित हाटबजारमा दशंैको भव्य मेला लगाउन तयारी थालिएको छ । विगत ४६ बर्षदेखि परासीमा लाग्दै आएको दशंैको मेला यसबर्ष थप व्यस्थित र अकर्षित रहने छ । मेलाको व्यवस्थापन र तयारीमा जुटेको नगरपालका वडा २ का वडा अध्यक्ष निरज रौनियारले यसबर्ष मेलालाई व्यस्थित र अकर्षित बनाउन लागी परेको बताउनु भयो । वडा अध्यक्ष रौनियारले, मेलामा, व्यस्थित सस्तो व्यपारिक स्टल, उद्यानमा रोटे पिंग, रेल, झुला, खेलमा कुस्ती र वृहद सांस्कृतिक कार्यक्रम लगायतले मेलाको अकर्षण बढाउने उनको विस्वास छ ।

अहिले वडा अध्यक्ष निरज रौनियारको अगुवाईमा मेलाको त्रिब रुपमा तयारी भैरहेको छ । मेलाका व्यस्थितका उक्त क्षेत्रको सरसफाईका कार्य भैरहेको छ भने, स्टल कता लगाउने, बाल उद्यान र कुस्ती कता राख्ने र आउने देवीको मुर्तिहरु कता व्यवस्थापन गर्ने विषयमा छलफल सहितको तयारी भैरहेको वडा अध्यक्ष रौनियारले बताउनु भयो । दशंैदेखि छठपर्वसम्म मेला चालउने वडा अध्यक्षको योजना रहेपनि विविध कारणले उक्त योजना विफल हुन पुग्दा अहिले दशंैको एकदिवसिय मेला लगाउन तयारी थालिएको छ । विगतको भन्दा यसबर्ष दशंै मेला व्यस्थित र अकर्षित हुने हुँदा उक्त कार्यको स्थानिय रमशे यादवले प्रशंसा गरेका छन् । मेलामा जिल्लाको विभिन्न क्षेत्रबाट मानिसहरुको आगमनले यहाँको व्यपार बढनुका साथै मनोरन्जन पनि हुने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here