सघन शहरी तथा शहरी पुर्वाधार विकास कार्यक्रमले रामग्रामको मुहार फेरियो

0
238

परासी, १० असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मुहार फेरिन थालेको छ । नगरपालिका भित्र पुर्वाधार विकासको लागि शहरी विकास मन्त्रालले लगानी बढाएपछि नगरपालिकाको मुहार फेरिन थालेको हो । सघन शहरी तथा शहरी पुर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्लाको रामग्राम नगरपालिका भित्रको विभिन्न वडामा बाटोघाटो, हाटबजार र बसपाक लगायतको पुर्वाधार विकासमा कराडौं लगानी भएपछि पालिकाको मुहार फेरिएको पाइएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवन र रामग्राम नगरपालिकाको समन्वयमा ति क्षेत्रको गुरुयोजना बनाई काम भएको नगरपालिकाले जनाएको छ ।

यस्ता छन् पुर्वाधार विकासका कामहरु
नगरपालिकाको मुटु परासी बजारको बुद्धचोकदेखि निलो गेटसम्मको फोरलेन बाटो र व्यस्थित ढलसहित फुटवे निर्माण भएपछि परासी बजारको सुन्दरता बढेको छ । उक्त फोरलेनको बाटोमा सोलार लाईट, वृक्षारोपण, डिभाईटर, ट्राफिक व्यस्थापनको कार्यले बाटो निकै व्यस्थित र सुन्दर देखिएको छ । त्यस्तै अर्काे बाईपासदेखि घण्टाघर चोकसम्मको फोरलेन बाटो र मंझरिया चोकेदखि झरही खोलासम्मको बाटो व्यस्थित ढल सहित पिच कार्य सम्पन्न भएपछि यसले बजारको सौन्दर्यकरणमा थप सुन्दरता थपेको छ । बाईपासदेखि घण्टाघरको बाटोमा अहिले रयालिङ्ग, वृक्षा रोपणको कार्य भैरहेको छ भने मंझरियादेखि झरही खोलाको बाटोको अधुरो कार्यहरु भैरहेको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

यता अर्काे गौरवको योजना वडा २ झरही खोला स्थित रहेको हाट बजार हो । हाटबजारमा व्यस्थित सेड, सटर, शौचालय, बाटो निर्माण र विभिन्न ब्लक जस्ता पुर्वाधारको कार्यलेपनि बजार निकै व्यस्थित र सफा देखिएको छ । बजारमा आउने व्यपारी र ग्राहकहरुको मन प्रफुल्लित हुने गर्दछ । त्यस्तै सघन शहरी आयोजनाले नगरपालिको उजैनी, जोकवार, कुनवार, रानीपाकड, पोखरापाली गरेर पाँच गाउँलाई पनि पुर्वाधार विकासको हिसाबले नमुना गाउँको रुपमा बनएको छ । नगरपालिको योजना र सघन शहरीको लागनीले उक्त गाउँहरुमा व्यस्थित ढल सहित चिल्लो बाटो निर्माण गरि व्यस्थित गाउँको संज्ञा दिएको छ । यता रामग्राम वडा ४ केरवानीमा सुन्दर र व्यस्थित बसपार्क पनि निर्माण गरेको छ । बसपार्कको कार्य तिन फेजमा भएपछि सम्पन्न भएपनि हाल दोश्रो फेजको काम भैरहेको छ । बसपार्क चारैतिरबाट कम्पाउण्ड भई पिच भैसकेको छ । बसपार्कमा टिकक काउण्टर, सुरक्षागार्ड बस्ने क्वाटर, शौचाल, र बसहरु पार्क गर्ने कार्यहरु भैसकेको र अर्काे फेजमा टर्मिनल भवन, गेट, फलोरिकल्चरका कार्यहरु हुने आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here