५६आै रेडक्रस दिवसमा विरामीलाई फलफुल वितरण र जनप्रतिधिलाई सम्मान

0
303

परासी, १९ भदौ । ५६ आै नेपाल रेडक्रस सोसाईटी स्थापना दिवसको अवसरमा परासीमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले ५६ नेपाल रेडक्रस सोसाईटी दिवसको अवसरमा जिल्ला पृथ्वीचन्द्र अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको हो । समाजिक क्षेत्रमा काम गर्दै आएको रेडक्रस नवलपरासीले रेडक्रसको ५६ अाै दिवको अवसरमा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्दै तिनीहरुको सु–स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

त्यसैबिच रेडक्रस सोसाईटी नवलपरासीले जिल्लाको स्थानिय तहका प्रमुखहरुलाई सम्मान पनि गरेको छ । रेडक्रस सोसाईटी नवलपरासीको संयोजक राजेन्द्र प्रसाद अग्रहरीको अध्यक्षतामा भएको जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा र सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई दोसल्ला लगाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा उपस्थित ५ स्थानिय तहका प्रमुखहरुको एक बर्षको कार्यकालमा भएको कार्यको प्रशांस गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा रेडक्रसका संयोजक राजेन्द्र प्रसाद अग्रहरी, ५ वटै स्थानिय तहका प्रमुख क्रमशः नरेन्द्र कुमार गुप्ता, बैजु प्रसाद गुप्ता, राधेश्याम चौधरी, राजकुमार शर्मा, रामप्रसाद पाण्डे लगायतले रेडक्रसले समाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै दिवसको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here