नक्कली प्रमाणपत्रधारी शिक्षकलाई कार्वाहीको मांग गर्दै विद्यार्थी संगठनद्धारा सुनवलकाे शिक्षा शाखामा तालबन्दी

0
245


परासी, असोज ७ गते । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको लुम्बिनी माध्यामिक विद्यालयमा अध्ययापनरत एक शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भनि विषय उठे पछि ती शिक्षकको प्रमाणपत्रको सत्यताको विषयमा छानविन गरीयोस भनि माँग गर्दा सुनवल नगरपालिकाले ध्यान नदिए पछि विद्यार्थी संगठन अखिल क्रान्तिकारी नवलपरासीले विहिवार शिक्षा शाखामा तालाबन्दी गरेको छ ।
सुनवल नगरपालिकाको लुम्बिनी माध्यामिक विद्यालयका शिक्षक रुकबहादुर बलालले शिक्षण पेशामा लाग्दा विद्यलयमा पेश गरीएको कक्षा १० को प्रमाणपत्र नक्कली रहेको भन्दै सामाजिक संजलाहरुमा आए पछि आरोपित शिक्षकको प्रमाणपत्रको विषयमा सत्यतथ्य पत्ता लगाउन नगरपालिकाको शिक्षा समितीले छानविन गरोस भनि १५ दिन पहिला नेपाल कम्युनिष्ट पार्टी (बहुमत)(विप्लवबाट फुटेको समुह) नजिकको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आरोपित शिक्षकको प्रमाणपत्रको छानविनकालािग सम्बन्धित शिक्षकलाई निलम्बन गरी छानविनको माँग गर्दै सुनवल नगरपालिका शिक्षा शाखामा ध्यानआकर्षण पत्र बुझाएको भए पनि नगरपालिकाले सो विषयलाई अवज्ञा गरेका कारण नगर शिक्षा शाखामा तालबन्दी गर्न बाध्य भएको अखिल क्रान्तिकारी नवलपरासीका जिल्ला ईन्चार्ज संदेश साप्कोटाले बताउनु भएको छ ।
आरोपित शिक्षक बलालको प्रमाणपत्र नक्कली भएको भन्ने विषय उठेपछि सम्बन्धित शिक्षकलाई निलम्बन गरी सत्यतथ्य छानविन गर्न सुनवल नगरपालिकाको शिक्षा शाखामा तालबन्दी गरेको विद्यार्थी नेता साप्कोटाले बताउनु भयो । विहिवार नगरपालिका पुगेको विद्यार्थी संगठनको एक टोलीले नगरशिक्षा शाखाका कार्मचारीहरुलाई बाहिर निकालेर शिक्षा शाखामा तालबन्दी गरेको थियो ।
विद्यार्थी संगठनले विवादित बनेका शिक्षकको प्रमाणपत्रको विषयमा छानविन गर्न भनि बारम्बार माँग गर्दा समेत नगरपालिकाले ध्यान नदिएको भनि विद्यार्थी संगठनले आरोप लगाए पनि सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले भने यी विषयमा शिक्षा शाखाले आफुलाई अहिले सम्म कुनै पनि जानकारी नदिएकाले विषय लम्बिन पुगेको तर अब जानकारी भए पछि सो विषयमा छानविन गर्ने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here