सुनवल नगरपालिकाद्धारा सयदिनको उपलब्धी सार्वजनिक

0
221

परासी, ५ असोज । नवलपरासीको सुनवल नगरपालिकाले सयदिनको कार्य सम्पादन तथा उपलब्धीहरु सार्वजनिक गरेको छ । नगरपालिकाले नगर प्रमुख बिमला अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमबिच सय दिनका उपलब्धीहरु सार्वजनिक गरेको हो ।
कार्यक्रममा नगर प्रमुख बिमला अर्यालले आफनो सयदिनको उपलब्धी सार्वजनिक गर्दै पालिकाले प्राथमिकतामा राखी गर्ने कार्यक्रम तथा योजनाहरु समेत प्रस्तुत गर्नु भयो । नगर प्रमुख अर्यालले, नगरपालिको चालु आवको कुल बजेट १ अर्ब, १८ करोड, १८ लाख ६३ हजार ७०२ रुपैया रहेको बताउदै नगरको गौरवका योजना हिलपार्क, शित भण्डार, अटो भिलेज, औद्योगिक ग्राम, महलपोखरी सहित विभिन्न पर्यटकिय क्षेत्रको विकासका योजनाहरुलाई निरन्तरता दिइएको जानकारी दिनु भयो ।

नगर प्रमुख अर्यालले, नगरबासीहरुलाई ५ हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने निर्णयलाई कार्वान्वय गर्दै महसुल छुट दिएको, १२.५२ किलोमिटर दुरी सडक हिलाम्मे मुक्त गर्दै ग्रावेल गरेको बताउनु भयो । कार्यक्रममा नगर प्रमुखले, सबै वडा कार्यालयहरुमा नागरिक सहायता कक्षको व्यवस्था गरि सेवाग्राहिलाई आवश्यक पर्ने फोटोकपी र निवेदन निशुल्क गरेको, प्राकृतिक साधन र श्रोतको संरक्षण, नदि जन्य बस्तुको चोरी नियन्त्रणका लागि सबै संयन्त्रहरु परिचालन गरेको, न्यायिक समितिमा सय दिनको अवधिमा दर्ता भएका २९ वटा उजुरी मध्ये २३ वटा उजुरिहरु मेलमिलापबाट निरुपण गरेको र जेष्ठ नागरिकहरुलाई दैलोमा स्वस्थ्य सेवा प्रदान गरिरहेको उपलब्धी सार्वजनिक गुर्न भयो ।
उपलब्धी सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादवले यो कार्यक्रम अर्थपुर्ण रहेको भन्दै पालिकाको सुनुवाई कार्यक्रम समेतलाई पनि गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नगर उप प्रमुख सुर्य दुबेले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण पौडेल, नेकपा एसका अध्यक्ष टिक बहादुर गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टिका देवी घिमिरे, नेकपा एमालेका दुर्गा नाराण सुवेदी, भुमी सुधार आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारी लगायतले सुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here