परासी, २८ भदौ । नेपाल फोटो पत्रकार महासंघ नवलपरासी शाखाको दोश्रो साधारणसभा तथा अधिवेशन एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ । शाखाको अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादवको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेको जिल्ला समन्वय प्रमुख भगवती प्रसाद यावदले पानसमा दिप प्रजव्लन र ब्यानरको फोटो खिचेर सभाको विधिवत रुपमा उद्दघाटन गर्नु भएको थियो । प्रमुख अतिथि समन्वय प्रमुख यादवले सभाको उद्दघाटन गर्दै फोटो पत्रकारितालाई व्यवसायिक तथा मर्यादित बनाउन आग्रह भयो । उहाँले सम्बोधनको क्रममा फोटो पत्रकारिताको विकास र फोटो पत्रकारको क्षमता अभिबृद्धिका लागि जिल्ला समन्वय सदैव तयार रहेको भन्दै फोटो पत्रकारिताको माध्यमबाट जिल्लाको पर्यटकिय एवं एतिहासिक क्षेत्रहरुको उजागर समेत गर्न जिकिर गर्नु भयो ।

सभाबाट अनिल यादवको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरिएको छ । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिमा अध्यक्ष पदमा अनिल यादव, उपाध्यक्षमा हुसेन अन्सारी, सचिवमा उमेश विक, कोषाध्यक्षमा विकास अधिकारी, सहचिवमा रविन्द्र यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा उर्मिला यादव, आरती राना, प्रदीप पाठक, जितेन्द्र गुप्ता, माधव घिमिरे, राज चौधरी चयन भएको निर्वाचन समितिका संयोजक एवंम नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेको जिल्ला समन्वय समिति उप प्रमुख राम दयाल गुप्ता, विशेष अतिथि जिल्ला समन्वय अधिकारी मान बहादुर खडका, अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिता जगत समाजको ऐना भएकोले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । वक्ताहरुले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै समाज रुपान्तरणमा टेवा पुग्ने गरी पत्रकारिता गर्न आग्रह गर्दै प्रविधिको प्रयोगसँगै फोटो पत्रकारितालाई व्यवसायिक बनाउन उहाँले सुझाव दिदै पेशागत मर्यादा र आचारसंहिताको पूर्ण पालना गर्न सके व्यवसायिक पत्रकारिताले फड्को मार्ने बताए ।

कार्यक्रम फोटो पत्रकार महासंघ नवलपरासीका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा जिसस उपप्रमुख राम दयाल तेलि, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,पुर्व अध्यक्ष केशव पराजुलीको विशेष आतिथ्यता भएको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।