परासी, २५ भदौ । रामग्राम स्तुपमा आन्तरिक पर्यटकहरुको भिडभाड हुन थालेको छ । कोभिड–१९ का कारण सुनसान बनेको स्तुपमा यतिबेला बेला आन्तरिक पर्यटकहरुको घुईचो लाग्न थालेको छ । जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी स्थित शान्तीका अग्रदुत गौतम बुद्धको अष्टधातु रहेको उक्त एतिहासिक, पुरातात्विक क्षेत्र रामग्राम स्तुपमा दैनिक ५ सय बढि आन्तरिक पर्यटकहरु आउने गरेको स्थानियले भानु प्रताप सिंहले बताए । मासिक १५ हजार बढिको संख्यामा स्तुपमा आउने पर्यटकहरु स्तुपको भ्रमण अवलोकन संगै फोटो सेसन र टिकटक समेतको कार्यमा व्यस्त देखिन्छ ।
उनले, विगत भन्दा अहिले धेरैको भ्रमणको रोजाई रामग्राम स्तुप बनेको छ । आन्तरिक पर्यटक मात्रै नभई फाटफुट रुपमा बौद्धभिच्छुहरु पनि आउने गरेका छन् । विदेशीहरु पनि बेला बेला आउने गरेका छन् । रामग्राम स्तुपमा राखिएको पक्कि कुर्सी, शौचालय, विश्राम गृह र लुम्बिनी विकास कोषले स्तुप परिसरमा बनाएको काठे चक्रमण बाहेक अन्य पुर्वाधार छैन् । स्तुपको दक्षिण भागमा रहेको बगैचा गर्मिको बेला शितलता प्राप्त हुने हुदा रमणिय वातावरणले पनि आन्तरिक पर्यटकको संख्यामा वृद्धि देखिएको छ ।
स्तुपको विकासमा लुम्बिनी विकास कोषले खासै चाँसो नदेखाएको रामग्राम स्ुतप प्रवद्र्धन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले आरोप लगाए । उनले भने, अझै रामग्राम स्तुपको विकासका लागि आवश्यक जग्गा अधिग्रहण गरिने, स्तुपको उत्खनन गर्ने, गुम्बाहरु बनाउने, विश्राम गृह बनाउने, खानेपानी, शौचालय, पार्क बनाउने र मुर्तिहरु स्थापना लगायतका कामहरु गर्न बाकी देखिएको बताए ।
स्तुप विकासका लागि रामग्राम नगरपालिकाले रामग्राम विकास समिति गठन गरि यसको एन र कार्यविधि निर्माणमा जुटेको नगर प्रमुख धनपत यादवले जानकारी दिए । स्तुपको विकासमा लुम्ब्निी विकास कोषले खासै चाँसो देखाएन अब रामग्राम नगरपालिका आफनो स्तरबाट सम्बन्धित निकायको समन्वयमा यसको विकास र प्रवद्र्धनमा काम गर्ने मेयर यादवले जिकिर गरे ।