परासी, २२ भदौ । प्रतापपुर गाउँपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न १५ सैया अस्पतालको निर्माण कार्यमा तिब्रता ल्याउन ठेकदार कम्पनीलाई निर्देशन दिएको छ । गाउँपालिकाले निर्माण गरिहेको १५ सैया अस्पतालको निर्माण कार्य समयमै सक्न ठेकदार कम्पनीलाई निर्देशन दिदै यसको नियमति अनुगमन र सुझाव समेत ठेकदारलाई प्रदान गरिहेको पाइएको छ । गाउँपालिले वडा २ सेमरीमा संचालित जगन्नाथपुर प्राथ्मिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्दै प्रतापपुर प्राथ्मीक १५ सैया अस्पतालको रुपमा विकास गरिरहेको छ जसका लागि सुविधासम्पन्न भवनहरु निर्माण गरिरहेको प्र्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयो । अध्यक्ष यावदले आफनो नगरका जनताहरुलाई प्रभावकारी उपचार सेवा प्रदान गर्न उक्त अस्पताल निर्माण गरिरहेको र यसमा दक्ष चिकित्सकबाट प्रसुती सेवा, आकस्मिक उपचार, ओपिडि सेवा, फार्मेसी सेवा, ल्याब सेवा दिने योजना रहेको जानकारी दिनु भयो ।
९ कठ्ठा जग्गामा बनीरहेको उक्त ४ तल्ले अस्पताल भवन निर्माणका लागि लामा कन्सट्रक्सन कम्पनी प्रा.लि काठमाण्डौले ११ करोड २४ लाख १३ हजार ५५१ रुपैयामा ठेक्का लिई काम गरिरहेको छ । ठेकदार कम्पनीले २०७८ असार २० गते सम्झौता गरि अस्पतालको भवन निर्माण कार्य गरिरहेको आगमी २०८० असारमा काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । ठेकदार कम्पनीले एकबर्षमा करिब ३० प्रतिशत काम गरिसकेको र समयमै काम सकाउन तिब्र रुपमा काम गरिरहेको पालिकाको पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख ईन्जिनियर आनन्द यादवले जानकारी दिनु भयो । ईन्जिनियर यादवका अनुसार सो क्षेत्रफलमा अस्पताल भवन, पोष्टमार्टम ब्लक, चमेनागृह ब्लक र गार्ड भवनको निर्माण कार्यहुने बताउनु भयो ।
निर्माण भैरहेको १५ सैयाको अस्पताल सुविधा सम्पन्न अस्पतालको हुने र यस क्षेत्रका स्थानिय जनताहरु यसबाट बढिभन्दा बढि स्वास्थ्य उपचार लाभ लिने प्रमुख प्रशासकिय अधिकृत चिरन्जिबि घिमिरेले विश्वास व्यक्त गर्नु भयो । जिल्लाको ग्रामिण पालिकाको रुपमा रहेको प्रतापपुरमा विरामी भर्ना गरि उपचार सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी कुनै पनि अस्पताल नभएकाले त्यहाँका विरामीहरु थप उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता र जिल्ला पृथ्वीचन्द्र अस्पताल धाउनु पर्ने बाध्यता थियो तर अब १५ सैयाको अस्पताल बनेर दक्ष चिकित्सकबाट सेवा प्रदान गर्न थालेपनि यहाँका जनताहरु यहिँबाट उपचार सेवा लिन पाउने प्रमुख प्रशासकिय अधिकृत घिमिरेको विश्वास छ ।
अस्पताल सुविधासम्पन्न मात्र नभई यहाँको उपचार सेवालाई पनि प्रभावकारी बनाउने योनजाका साथ अगाडी बढिएर अस्पताल छिटै निर्माण कार्यमा जुटिएको अध्यक्ष यादवले जिकिर गर्दै यस अस्पतालमा एम्बुलेन्स संचालन देखि यसको स्तरबाट प्रदान गर्न सक्ने सबै उपचार सेवाहरु प्रदान गरिने योजना रहेको जिकिर गर्नु भयो ।