नेपाली सेनाको विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर : ६८० जनाले लिए उपचार सेवा

0
688

परासी, २० भदौ । विशेषज्ञ चिकित्सक सहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वाथ्य शिविरमा विरामीको निकै भिड बढयो । विशेषज्ञ टोली सहित नसर्ने ८ प्रकारको रोग सम्बन्धी विरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क रुपमा औषधी वितरण गर्न थालिएपछि विरामीहरुको चाप बढेको थियो ।
नेपाली सेना श्री गोरखदल गण रामग्राम ब्यारेक नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका नर्सहीमा स्वास्थ्य शिबिर संचालन गरेपछि यो दृश्य हेर्न पाइयो । श्री गोरखदल गणले आयोजना गरेको एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभन्नि ८ प्रकार रोग सम्बन्धी ६८० जना विरामीले उपचार सेवा लिए । जिल्लाको विकट पालिकाको रुपमा रहेको सुस्ता गाउँपालिकाका गरिब अतिविपन्न जनताले नसर्ने रोग सम्बन्धि दैलोमै उपचार सेवा पाउन र यहाँका जनताले बढिभन्दा बढि लाभ लिउन भनि विश्वासले यो शिविर आयोजना गरिएको श्री गोरखदल गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जनकारी दिनु भयो ।

गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको अध्यक्षता तथा श्री २२ नंं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त स्वासथ्य शिविर संचालन गरियो । स्वास्थ्य शिविरमा प्रभावकारी उपचार सेवा प्रदान गर्न श्री फिल्ड अस्पताल बुटवलका निमित्त कमाण्डीङ्ग अफिसर सहसेनानी डाक्टर ताहिर अलि अंसारी र देवदह मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा विशेषज्ञ डाक्टरहरुले नसर्ने रोग जस्तै हार्डजोर्नी, बालरोग, स्त्रिी रोग, छाला रोग, आँखा, नाककान, दान्त सम्बन्धी रोगहरुको परिक्षण गरि निशुल्क औषधी वितरण गरेको गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनु भयो । स्वास्थ्य शिविरमा श्री गोरखदलका स्वास्थ्यकर्मी तथा विभिन्न ओहदाका सेना, नर्सही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सघाएका थिए । यसरी विशेषज्ञ सहितको स्वास्थ्य श्री गोरखदलले आयोजना गरेपछि उपचार सेवा लिन विरामीहरुको निकै भिड भएको थियो । यस्तो स्तरको स्वास्थ्य शिविर संचालपछि यसको चौतर्फि माग बढेको छ । शिविरबाट उपचार सेवा पाउने विरामीहरुले निशुल्क रुपमै औषधी पनि पाएर निकै खुशी जाहेर गरेका छन् ।

नेपाली सेना श्री गोरखदलको आयोजना, सुस्ता गाउँपालिकाको सहकार्य, देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालित निशुल्क स्वासथ्य शिविरमा जिल्ला स्वास्थ्य कार्याल, पृथ्वीचन्द्र अस्पताल, नेपाल औषधी व्यवसायी संघ नवलपरासीले औषधी सहयोग गरेको छ ।


स्वास्थ्य शिविर नेपाली सेना २२ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुंग, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, प्रहरी उपरिक्ष रिषीराम कण्डेल, शसस्त्र प्रहरी उपरिक्षक रुप कुमार क्षेत्री, अनुसन्धाका एसपी टिका पोख्रेल, स्वास्थ्य कार्यालय प्रमुख ओमप्रकाश पन्थी, सुस्ता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेल, देवदह मेडिकल कलेज संचालक समितिका अध्यक्ष गोपाल पोख्रेल लगायको उपस्थिती रहेको थियो । गोरखदल सामाजिक क्षेत्रमा पनि सक्रिय हुदै सामाजिक कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here