स्थापना दिवसकाे अवसरमा निजामति कर्मचारी युनियनका कर्मचारीले गरे रक्तदान

0
271

परासी, १९ भदौ । जिल्ला पृथ्वीचन्द्र अस्पतालमा वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा अस्पतालमा युनियनका कर्मचारीहरुले रक्तदान गरेका हुन् । नेपाल निजामति कर्मचारी युनियन नवलपरासीको आयोजना, पृथ्वीचन्द्र अस्पतालको समन्वय र नेपाल रेडक्रस सोसाईटी शाखाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको युनियनका जिल्ला अध्यक्ष सनत कुमार गिरीले जानकारी दिनु भयो ।

मानवीय सेवा गरी रगत अभाव हुन नदिने उद्देश्यले युनियनको स्थापना दिवसको अवसरमा यूनियन र इकाई समितिका पदाधकारी तथा सदस्यहरू गरी कुल ३० जना रक्तदान गरेको यूनियनका जिल्ला सचिव सुन्दर खनालले जानकारी दिनु भयो । यो कार्य अत्यन्तै मानविय र महत्वपुर्ण रहेकाले यसको चौतर्फि प्रशंसा भैरहेको छ ।
यूनिययन जिल्ला अध्यक्ष सन्त कुमार गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा प्रदेशसभा सदस्य जयसवालले स्थापना दिवसको शुभकामना दिदै कर्मचारीले नगारिकलाई सरल सहज र छिटोछरितो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यूनियनका केन्द्रीय सदस्य मनिष अधिकारी ,यूनियनका पूर्व अध्यक्ष सुनिल लामिछाने लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए । यूनियन नवलपरासी भदौ १९ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here