परासी, ११ भदाै । पश्चिम नवलपरासीको धार्मिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार र प्रबर्द्धनमा नेपाल पर्यटन पत्रकार संघ (एण्टोज) नवलपरासीले ले सक्रियता देखाएको छ । एण्टोज नवलपरासीले जिल्लाको पर्यटन प्रबर्द्धनका लागि प्रदेश नम्बर ५ का पर्यटन पत्रकारहरुलाई जिल्ला भित्रका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको स्थलगत भ्रमण गराएको छ ।
एण्टोज नवलपरासीले पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा रहेको धार्मिक एवं पर्यटकिय स्थल चुवाडि , सरावल गाउपालिकाको बर्दघाटे मन्दिर , पाल्हि नन्दन गाउपालिकाको पाल्हि भगवती मन्दिर, रामग्राम नगरपालिकामा रहेको भगवान गौतम बुद्धको अस्तीधातु रहेको रामग्रम स्तुप , सुनवल नगरपालिकाको बाबा बर्दगोरियया र बर्दघाट नगरपालिकाको भगवान गौतम बुद्ध संग सम्बन्धीत ऐतिहासिक बुद्धमंगल तालको समेत प्रदेश ५ का पर्यटन पत्रकारहरुलाई स्थलगत अवलोकन गराएको हो ।
भ्रमणको क्रममा सुस्ता गाउपालिका २ चुवाडिमा पुगेको पर्यटन पत्रकारहरुको टोलीलाई सुस्ता गाउपालिकामा गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वगत गर्दै चुवाडिको पर्बद्धनका लागि अहिलेसम्म उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको भन्दै यसको प्रचार प्रसारमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । गाउपालिकाले पर्यटन प्रवद्र्धनका क्षेत्रमा विशेष जोड दिएको जानकारी गराउदै चुवाडिको विकासका लागि गुरुयोजना तयार गर्ने काम भैरहेको बताउनुभयो ।
चुवाडिको अवलोकन पछि पत्रकारको टोली सरावल गाउपालिकाको बर्दघाटे मन्दिरमा पुगेको थियो । मनोकांक्षा पुरा हुने र बर्दघाटे मन्दिरमा पुगेर देवीको दर्शन गरेपछि रोग सन्चो हुने मान्यता रहेको बर्दघाटे मन्दिरको अवलोकन पछि टोली ऐतिहासिक एवं धार्मिक पर्यटकिय क्षेत्र पाल्हि भगवती मन्दिरमा पुगेर अवलोकन गरिएको थियो । पाल्हि भगवति मन्दिरमा पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु् प्रसाद गुप्ताले स्वागत गर्दै खुसी ब्यक्त गर्नुभएको थियो । पर्यटन क्षेत्रको विकासको लागि पत्रकारको भुमिका महत्वपूर्ण हुने भन्दै पाल्हिनन्दन गाउपालिका भित्रका पर्यटकिय स्थलको प्रचार प्रसारमा सहकार्य गर्न आफु आतुर रहेको र पर्यटनको क्षेत्रमा लगानी गर्न गाउपालिकाले कति कुञ्जुसाई नगर्ने बताउनुभएको थियो ।
अवलोकनकै क्रममा पत्रकारहरुको टोली भगवान गौतम बुद्धको अस्तु धात्ु रहेको रामग्राम स्तुपमा पुग्दा रामग्राम रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अधयक्ष सम्भु उपाध्याय रामग्राम महिला जेसिज कि अध्यक्ष माया अग्रहरीले फुल मालाले स्वागत गर्नुभएको थियो । रामग्राम स्तुपमा प्रदेश नम्बर ५ का सांसद बैजनाथ जैसवाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद जैसवालले लुम्विनी विकास कोषले वेवास्ता गर्दा रामग्राम स्तुपको विकास हुन नसकेको बताउनुभयो । जैसवालले रामग्राम विकास कोष स्थापना गरेर स्तुपको विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले पनि रामग्राम स्तुपको विकासमा चासो लिएकोले रामग्राम स्तुप, पण्डितपुर, लुम्विनी हुदै तिलोराकोट सम्म मोनो रेलको अवधारणा अगाडि सारिएको बताउनुभयो ।
रामग्राम स्तुपको विकासमा नगरपालिकाले अग्रसरता देखाए पनि लुम्विनी विकास कोषको कारणले केहि गर्न नसकिएको उपमेयर रम्भा कुंवरले बताउनुभयो ।
रामग्राम स्तुप अवलोकन गरी सुनवल नगरपालिकामा रहेको बाबा बर्दगोरियामा पुगेको टोलीलाई स्थानिय सहित बाबा बर्दगोरिया धाम विकास समितिले स्वागत गरेको थियो । बर्दगोरियामा धामका प्रबक्ता उपेन्द्रमान प्रधानले धामाको महत्वको बारेमा प्रकास पार्दै पत्रकारको कलमले कोरिएका अक्षर र बोलिने आवाजले ठुलो प्रभाव पार्ने ह्ुनाले बाबा बर्दगोरियाको प्रचार प्रसारका लागि पर्यटन पत्रकारको भ्रमणले पनि राम्रो भुमिका खेलेको बताउनुभएको थियो ।
बाबा बर्दगोरिया भाम पछि पत्रकारहरु आफ्नो अन्तिम अवलोकन स्थलको रुपमा बर्दघाट नगरपालिकाको वडा नम्बर १२ मा रहेको बुद्ध मंगलतालमा पुगेको थियो । बुद्धमंगल तालमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, बुद्धमंगल ताल विकास संस्थाका अध्यक्ष दिप प्रकाश लोहनी र वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर मल्ल लगायतको टोलिले पत्रकारहरुलाई स्वागत गर्नुभएको थियो ।
बुद्धमंगल ताल परिसरमा आयोजना गरिएको कार्यक्रमा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले बुद्ध मंगल तालको विकास र प्रबद्र्धनका लागि नगरपालिका विशेष चासोका साथ काम गरिरहेको बताउनुभयो । उहांले बुद्ध संग सम्बन्धीत ताल उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै तालको बारेमा जिल्ला, प्रदेश, राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि प्रचार प्रसार हुनु आवश्यक रहेको बताउनु्भयो । शर्माले बर्दघाट नगरपालिकामा बुद्धमंगल ताल संगै संसारकोट लगायत अन्य धेरै पर्यटकिय स्थल पनि रहेकोले सवैलाई जोडेर विकास गर्नेअवधारणा नगरपालिकाले अगाडि सारेको बताउनुभयो । नगर प्रमुख शर्माले फेरी पनि समय अनुकुल मिलाएर प्रदेशभरका पर्यटन पत्रकारलाई बोलाएर एउटाछुट्टै कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । बुद्धमंगल ताल विकास संस्थाका अध्यक्ष दिप प्रकास लोहनीले बुद्धमंगल ताल ब्ुद्ध संग सम्बन्धीत भएकोले रामग्राम स्तुप र पण्डितपुरको चर्चा गर्दा बुद्धमंगल ताललाई विर्सन नहुने भन्दै प्रचार प्रसारमा सहयोग गर्नका लागि आग्रह गर्नुभयो । समय समयमा प्रत्रकार हरु आएर चासो लिने तर कतै पनि संचार माधयममा सुन्न र देख्न नपाएको गुनासो गर्दै पर्यटन पत्रकारको आगमनले आफुहरुमा केहि आसा जागेको बताउनुभएको थियो ।
प्रदेश ५ का पर्यटन पत्रकार संघका अध्यक्ष भुवन कार्कीले नवलपरासी पर्यटन पत्रकार संघ नवलपरासीले धार्मिक एवं पर्यटकिय क्षेत्रको भ्रमणका लागि आफुहरुलाई बोलाएर अवलोकन गराएकोमा धन्यबाद ब्यक्त गर्दै नवलपरासी जिल्ला पर्यटनमा सांच्चीकै सम्भावना रहेको जिल्ला रहेको बताउनुभएको थियो । भ्रमण कार्यक्रममा एण्टोज नवलपरासीका सम्पूर्ण कार्यसमिति प्रदेश नम्बर ५ का सम्पुर्ण कार्यसमिति सहभागि हुनुभएको थियो ।
पछिल्लो समय एण्टोज नवलपरासीले आफ्नो बैठक तथा अन्तरक्रिया कार्यक्रमहरु पर्यटकिय क्षेत्रमानै राख्दै आईरहेको छ । एण्टोज नवलपरासीले छिट्टैनै पर्यटन संग सम्बन्धीत समाचार, लेख, रचनाहरुलाई समेटेर त्रैमासिक रुपमा बु्लेटिन समेत प्रकासन गर्ने गरी तयारी गरिएको एण्टोज नवलपरासी अध्यक्ष मोहन पौडेलले जानकारि दिनुभयो । (साभारःदाैतरी एफएम)