सार्वजनिक जग्गा संरक्षण गर्न रामग्राम नगरपालिकाले सार्वजनिक जग्गामा गाड्न थाल्याे बोर्ड

0
552

परासी,१७ भदौ । काठमाणडाै महानगरका प्रमुख बालेन शाह जस्तै रामग्राम नगरपालिका नगर प्रमुखले पनि कडा कदम चालेका छन् । विगत लामाे समयदेखि वेवारिशे स्थानियकाे अतिक्रमणमा रहेकाे सार्वजनिक जग्गा संरक्षणका लागि नगर प्रमुख धनपत यादवले अभियान चालेका छन् । हुन त याे कार्य त्यति सजिलाे नभएकाले नै अहिलेसम्म पालिकाले सार्वजनिक जग्गा अाफनाे कब्जामा लिन सकेकाे थियाे । तर मेयर यादवले सार्वजनिक जग्गा फिर्ता ल्याइ संरक्षण गर्न कडा रूपमा प्रस्तुत भइ बालेनले डाेजर बाेके जस्तै मेयर यादवले पनि सार्वजनिक जग्गाकाे हाेर्डिंग बाेर्ड बाेकी कुदेका छन् । मेयर यादवले नक्सा सहित पालिकाकाे अमिन टाेली खटाइ सुक्षम रूपमा पालिका भित्रका सम्पुर्ण सार्वजनिक जग्गाकाे तथ्यांक संकलन गरि हाेर्डिंग बाेर्ड लगाउन शुरू गरेका छन् । अाज एक अनाैपचारिक कार्यक्रमका बिच मेयर धनपत यादव, उप मेयर सम्झना चाैधरी, वार्ड अध्यक्षद्धय रुद्र प्रकाश उपाध्याय र रामवृक्ष यादव, इन्जिनियर सतिस गुप्ता र नापीशाखाका कर्मचारी लगायतको टोलीले सार्वजनिक जग्गाको खोज गरि होर्डिगँ बोर्ड राख्ने कार्य प्रारम्भ गर्दै रामग्राम १ स्थित सिद्धार्थ टोलमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको पछाडी रामखण्डा खोला नजिकैको जग्गामाम टोलीले पहिलो होर्डिगँ बोर्ड धाँसेकाे छ । यो जग्गा सरकारको हो । यसको संरक्षण गर्नु नेपाली नागरिकको संवैधानिक कर्तब्य हो । जग्गा विवरणमा जग्गाको प्रकृति सरकारी,साविक गाविस मन्झरिया ५ ख,कि.नं.३ को क्षेत्रफल ७ कट्ठा ५ धुर(०–७–५) रहेको बोर्डमा उल्लेख छ । जग्गाको नक्सा समेत बोर्डमा उल्लेख गरिएको छ ।

सार्वजनिक र सरकारी जग्गा तथा सम्पतिको संरक्षण गर्नु स्थानिय तहको प्रमुख जिम्मेवारी महशुस गरि जग्गाको खोज गर्ने,होर्डिगँ बोर्ड गाड्ने अभियानकै रुपमा अगाडी बढाईएको मेयर यादवले बताए । यो काम चाडै शुभारम्भ गर्न खोजिएको थियो,उनले भने,केही कार्यब्यस्तताले गर्न भ्याइएको थिएन् । त्यसैमा समाचारहरु पनि प्रकाशसन प्रशारण हुन थाल्यो । सबै कामलाई थाती राखेर सार्वजनिक जग्गाको पहिचान गर्दै होर्डिगँ बोर्ड राख्ने कार्य अगाडी बढाएका छौ । यो निरन्तर चलिनै रहने छ । केही स्थानमा सार्वजनिक जग्गा अतिक्रमण पनि होला तर ति पहिला देखी अतिक्रमण हो । अब अतिक्रमण हुन नदिने र संरक्षण अभियान चलाइरहेका छौ । यसमा सबै नागरिकले साथ दिनु पर्छ । सार्वजनिक सम्पति सबैको सम्पती हो । जोगाएर राखियो भने आउने पुस्तालाई काम लाग्ने छ । आउने दिनमा नगरपालिकामा थुप्रै बजेट पुर्वाधारका कामहरु आउने हुदा यस्ता सार्वजनिक जग्गा जोगाएर राखिने हो भने मात्र कुनै संरचना र पुर्वाधार बनाउन सकिन्छ ।

विहान समाचार आउनु र साझसम्म काम शुभारम्भ भईसक्नु मेयरको कृयाशिलता र गम्भिरताको उत्कृष्ट उदाहरण पनि भएको नागरिक समाजका पुर्व अध्यक्ष सम्भु उपाध्यायले बताए । मेयरसाबको गम्भिरता अति सराहनिय छ,उनले भने, यस्तै समाचारमा आउने वा कसैले कुरा उठाउदा होस वा ध्यानाकर्षण गराउदा गम्भिरताका साथ लिई काम गरिदिने थोरै जनप्रतिनिधिहरु हुन्छन् । जस मध्ये रामग्रामका मेयर यादवले त्यो कार्य कुशलता देखाएका छन् । यसमा नागरिक समाजले समेत साथ दिने उनको भनाई थियो । यसको सिको अरु जनप्रतिनिधिले पनि गर्नु पर्छ, उनले थपे, समाचार प्रकाशन वा कुनै संघसस्थाद्धारा ध्यानाकर्षण गराउनुलाई मार्गनिर्देशनको रुपमा लिईनु पर्छ । यसले सम्बन्धित जनप्रतिनिधिकै गरिमा उठाउछ । यो भन्दा पहिला पनि रामखण्डा पुलको र्यालिगँको समाचार विहान प्रकासित भएको थियो,साझसम्म काम सम्पन्न गराउने मेयर यादव कति गम्भिर छन ? त्यसैले देखाउन सक्छ ।

अहिले रामग्राम नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गरि लगत राख्ने,होर्डिगँ बोर्ड राख्ने अभियान नगरपालिकाले चलाएको छ । यसले कुन स्थानमा सरकारी जग्गा छ,भौतिक रुपमै हेर्न सकिन्छ । अतिक्रमणबाट पनि जोगिन्छ । यसले नेपाल सरकारको मात्रै नभई नगरपालिका र नगरबासीकै सम्पतीको संरक्षण हुने भएकोले नगरबासी समेत उत्साही भएका छन् । सरकारी सम्पतीको संरक्षण गर्नु नगरपालिका मात्रै नभई हरेक नागरिकको कर्तब्य हो । यसलाई मनन गरेर सबै नागरिकले मेयर यादवको अभियानमा सघाउनु पर्ने भनाई उनको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here