सरकार ! दोषीलाई कारवाही गर

0
560

कावासाेती, ११ भदाै । नेपालमा दिनानु दिन महिला तथा बालिकाहरु बलात्कृत हुने घटना बढीरहँदा पनि सरकारले दोषीलाई कारवाही गर्न नसकेको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नवलपरासीले आरोप लगाएको छ ।

उनीहरुले दोषीलाई कारवाही गर्न उदाषिन भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नवलपरासीका उपाध्यक्ष सीतादेवी डंगाल, राप्रपा नवलपुरका अध्यक्ष दलबहादुर केसी सहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले ज्ञापन पत्र बुझाउनु पूर्व कावासोतीको फलफूल चोकदेखि प्रशासनसम्म दोषीलाई कारवाही गर्न कडा किसिमको कानुन बनाई महिलाको अस्मिता रक्षा गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here