परासी,१६ भदौ । दक्षिण भारतको फिल्म ‘मेडम गितारानी’ नामक मुभि धेरैले हेर्नु भएको होला,जस्मा गितारानी एक सैनिक लेफ्टीनेन्ट पद छाडेर गाँउको विद्यालय सुधार अभियानमा लागेकी हुन्छिन् । लामो संघर्ष पश्चात सरकारी विद्यालयको पठन पाठनमा सुधार ल्याएर देखाउछिन् । त्यो एउटा फिल्म मात्र भए को भए पनि फिल्मकी पात्र जस्तै पदचाप पच्छयाउदै नवलपरासीको सुनवल नगरपालिका ४ स्थित रमवापुर माविमा एक शिक्षिका अग्रसर भएकी छिन् । उनी हुन रमवापुर माविको प्राथमिक तहकी संयोजककी जिम्मेवारी पाएकी किम्मी श्री श्रेष्ठ ।
भारतिय सैनिक (एसएसबी बटालियन)मा दुई बर्ष काम गरेर श्रेष्ठ अहिले शिक्षिका पेशा अपनाएकी छिन् । विद्यालयले पनि उनलाई प्राथमिक तहको नेतृत्व गर्न जिम्मेवारी दिएको छ । उनी आफ्नो जिम्मेवारी बहन गर्दै विद्यालयका बालबालिकामा विभिन्न अभियान मुखी कार्य गर्दै अगाडी बढिरहेकी छिन् । शिशु कक्षा देखी ५ कक्षासम्म अध्ययन हुने उतm विद्यालयको बाहिरी वातावरण पनि एउटा हराभार उद्धान जस्तै छ । कक्षा कोठा पुर्ण बालमैत्रीमा अभ्यासरत छ । १६ शिक्षक र शिक्षिकाको नेतृत्व गर्दै आएकी किम्मीश्री श्रेष्ठको हातमा सिटी हुन्छ । आवश्यक परेको बेला सिटी फुकि हाल्छिन् । सिटी फुक्ने वित्तिकै संयोजक अर्थात प्राथमिक प्रिन्सिपलको हो भनेर अन्य शिक्षक कर्मचारी र विद्यार्थी बुझि हाल्छन् । फुर्तिलो,हरेक कार्य आफै कृयाशिल भएर गर्ने गर्दै गरेको भेटिन्छन् ।

विद्यालयमा शिक्षक विद्यार्थी पोशाक,अग्रेजी भाषामै निरन्तर सम्वाद हुन्छ,उनको । अग्रेजी माध्यममा पठनपाठन हुने उतm विद्यालयको कक्षा कोठामा मात्रै नभई बाहिर हिलडुल,कुराकानीसम्म पनि अंग्रेजीमै हुने गरेको छ । विद्यालयमा सैनिक पेशाको जागिरबारे उनले प्रतिकृया दिदै भनिन्,आफुले तालिम लिए पछि यस्तै बसै बालबालिकाले सैन्य तालिम र अध्ययन र ब्यवहारिक विकासले मात्र देशमा अनुशासित नागरिकको विकास गर्न सक्छ,भन्ने लाग्यो,त्यसबारे अरु कसलाई भन्ने ? पहिला आफैबाट शुरु गरौ भनेर लागेर सैनिकको जागिर छाडेर शिक्षण पेशामा लागेको उनले सुनाईन् । एउटा सरकारी विद्यालय पनि निजी विद्यालय भन्दा बढि प्रभावकारी बनाउन सकिन्छ,तर त्यसको लागि लगतशिलता आवश्यक छ, परिवर्तन गर्न त केही चुनौती छ,नै तर असम्भव पनि छैन्, प्रिन्सिपल किम्मीश्री श्रेष्ठ भन्छिन्,एक प्रिन्सिपल जब आफै दुगुर्न थाल्छ,तब अन्य शिक्षक पनि हिडन बाध्य हुन्छन् । शिक्षा र अर्तिले केही हुनेवाला देखिददैन् ,त्यसको लागि संकल्प र निरन्तरको अभ्यास आवश्यक छ ।

राम्रा किन राम्रा हुन्छन् ? भन्ने कुरा मनमा पहिला लाग्थ्यो,तर अहिले गरेर मात्र राम्रा राम्रा भएका हुन् भन्ने उनले अनुभव सुनाउछिन् । रमवापुर मावि कक्षा १२ सम्म पठनपाठन हुन्छ,तर प्राथमिक तहलाई छुट्टै ब्लकमा राखिएको छ । त्यहाँको वातावरण नै पुर्ण बालमैत्री सिकाईमा आधारित छ । उनका अनुसार अभिभावकबाट न्युनतम अािर्थक सहयोग लिदै आएको छ । सरकारी स्रोत कम हुदा विद्यालयमै लगानी गर्नु पर्ने कारणले आर्थिक सहयोग उठाउन परेको हो । अन्यले शुल्क भनेको भए पनि विद्यालयले त्यसलाई सहयोगको रुपमा लिएको छ । विद्यालयमा अध्यापन गर्ने सबै शिक्षकका छोराछोरी सोही विद्यालयमा अध्ययनरत छन् । हरेक शुक्रवारको अतिरितm कृयाकलाप,खेल्ने प्रयाप्त खेल समाग्रि,हरेक कार्यक्रममा उपलब्ध गराईने प्रमाणपत्र,नेतृत्वका लागि विभिन्न समुहगत क्याप्टेनको जिम्मेवारीले पनि विद्यालयमा बालबालिकालाई आकर्षित गर्ने गरेको छ । विद्यालयमा सबै शिक्षक विच आत्मियता र टिमवर्कले यस्तो बनाएकोमा उनी गौरव गर्छिन्, आफ्नै देशमा बालबालिकामा सेवा गर्न पाएको छु,देशको सेवा भन्दा बालबालिकाको सेवा त्यसमा पनि स साना कलिला बालबालिकामा रमाउनुको आनन्द नै आर्कै छ । विद्यालयका बसै कक्षामा प्रायःसेक्सनछुट्टिएका छन् । सबै शिक्षकको हात हातमा पाठ योजना हुन्छ । ३० भन्दा बढि बालबालिका कुनै कक्षामा छैनन् । यसले परिवारिक वातावरणमा सिकाई सजिलो भएको छ ।

विद्यालयमै खाजा पकाईन्छ,त्यो पनि बालबालिकाकै रोजाईमा,उनी भन्छिन्,स साना बालबालिकालाई त दुई पटक खाजा खुवाउने गरिएको छ । अहिले विद्यालयमा बोर्डिगँको भन्दा राम्रो वातावरणमा पठनपाठन हुन थाले पछि छिमेकी रामग्राम नगरपालिका र रुपन्देहीको देवदह नगरपालिकासम्मका अभिभावकले आफ्ना बालबालिका पठाउने गरेका छन् । विद्यालयको वातावरण र शिक्षक प्रिन्सिपलको ब्यवहार राम्रो भएको सन्तुष्टि ब्यतm गर्दै आफ्ना विद्यालयमा बालबालिका लिन आएकी स्थानिय अभिभावक मनसरी कामु मगरले सुनाईन् । एउटा छोरा दुई कक्षा र छोरी मन्टेश्वरीमा अध्ययन गर्ने गरेको उनको भनाई थियो । ३ छोरा सोही विद्यालयमा पढने गरेको संगै आएकी आर्की अभिभावक पुनम देवकोटाले भनिन्,पहिला लुम्बिनी आवासिय विद्यालयमा पढ्ने गरेका थिए,अहिले यहिँ राम्रो पढाई हुन थाल्यो,त्यो भएर यसै विद्यालयमा भर्ना गरेकी हुँ ।
देवकोटाले भनिन्,देवर समेत यसै विद्यालयमा शिक्षण गर्ने गरेका छन् । देवरले नै यहिँ विद्यालयमा भर्ना गर्दा ठिक छ,भने पछि भर्ना गराएको बताईन् । विगत भन्दा अहिले विद्यालयको प्राथमिक तहमा बालबालिकाको आकर्षण बढदै गएको विद्यालयका शिक्षकहरुले बताए । प्राथमिक तहमा मात्रै अहिले ३ सय ९६ जना बालबालिका अध्ययनरत छन् । मावि तहको सबै गर्दा १ हजार १ सय भन्दा बढि विद्यार्थी अध्ययन गर्ने गरेको सुनवलको एक अब्बल विद्यालय मध्येको एक हो रमवापुर मावि । महिलाकै नेतृत्वमा शिक्षण सस्थाहरु सञ्चालन भएको सम्भवतःजिल्लाकै पहिलो नगरपालिका होला ।
नगरप्रमुख विमला अर्यालको नेतृत्व नगरपालिका नै महिला नेतृत्वमा छ, यसले पनि महिला नेतृत्वको हौसला बढ्ने गरेको छ । नगरपालिका भित्रका कुल ३२ वटा सामुदायिक विद्यालय मध्ये ८ वटा जया प्राविमा विष्नु उप्रेती,अरनिको प्राविमा रिता गैरे,महलपोखरी प्राविमा यानिसरा ढेगाँ,जनज्योती प्राविमा राधिका अर्याल,बाल्मिकी प्राविमा सिता घिमिरे,चन्द्रोदय प्राविमा धममाया काफ्ले,निसानीदेवी प्राविमा बालकुमारी कुमाल र पञ्चरत्नप्राविमा विमला कुवँरको प्रिन्सिपलको नेतृत्व छ । इण्डियन फिल्मकी गितारानी जस्तै विद्यालय सुधार गरेर लगियो भन्ने शिक्षा क्षेत्रको अग्रणी पालिका हुनेमा नगरप्रमुख अर्यालको दाबी थियो । @koliya khabar.com