परासी, १५ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले करिब ६ करोड रुपैया राजस्व संकलन गरेको छ । नगरपालिकाले आन्तरिक आय तर्फबाट विभिन्न शिर्षकबाट आव २०७८÷०७९मा कुल ५ करोड ८२ लाख २७ हजार ५२४ रुपैया राजस्व संकलन गरेको आर्थिक विकास शाखा प्रमुख संजय शर्माले जानकारी दिनु भयो । पालिकाले लिएको लक्ष्य अनुसार सम्पत्ती एकिकृत कर, व्यवसाय कर, उद्योग कर, नक्सा र विभिन सिरफारिश दस्तुर लगायतका क्षेत्रबाट उक्त राजस्व संकलन गरेको राजस्व उपशाखा प्रमुख निर्मला प्रजापतिले जानकारी दिनु भयो ।
चालु आ.व २०७९÷०८० का लागि पालिका कुल ८ करोड ३८ लाख ६१ हजार रुपैया राजस्व संकलन हुने अनुमान गरेको छ । आन्तरिक आय पनि पालिका संचालनमा महत्वपुर्ण भुमिका राख्ने हुँदा आन्तरिक आय बढाउन पालिकाले विभिन्न श्रोतहरुको पहिचान गरि आय बृद्धि तर्फ ध्यान दिएको छ । नगरपालिकाले चालु आवका लागि कुल १ अर्ब १९ करोड ३७ लाख ७३ हजार ४४३ रुपैयाको अनुमानित बजेट गत नगरसभामा प्रस्तुत गरेको थियो ।