झरही नदीमा भत्किएको बाँध नबाँधिदा बाढीको त्रासमा स्थानिय

0
443

परासी, १५ भदौ । बर्षाको सिजनमा पनि झरही खोलाको भत्किएको बाँध नबाँधिदा स्थानिय त्रसित बनेका छन् । रामग्राम नगरपालिका वडा २ स्थित झरही खोलाको पुलको दक्षिण पश्चिम तर्फको बाँध भत्किएको एकबर्ष वित्न लाग्दा पनि अहिले सम्म बाँधिएको छैन जसकारण सो क्षेत्रका स्थानियमा बाढीको त्रासले सताई रहेको स्थानिय रामभवन यादवले बताउनु भयो । अहिले ठुलो पानी आएको छैन तर जुन दिन ठुलो पानी परेर नदीमा बाढ अयो त्योदिन ईमली, केरवानी लगायतका टोलहरु डुबानबाट कसैले राेक्न सक्दैन यादवले जिकिर गर्नु भयो ।
झरही खोलाको पुलको दक्षिण साईडमा पुलबाट ५० फिटको दुरीमै पश्चिम तर्फका बाँध गत बर्षामै बाढीले भत्काएको थियो तर यसबर्ष परासी बजारमा बाढी नपोस भनि सहुवाटिर देखि झरही खोलासम्मको तटबन्ध एवं बाँध मर्मत कार्य भएपनि उक्त भतिकएको बाँध मर्मत नहुँदा हामी स्थानियले बाढीको त्रासले सताईरहेको स्थानिय रामभवन यादवले बताउनु भयो ।

‘‘जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सेमरीले उक्त क्षेत्रको तटबन्ध कार्य गरेको थियो तर उक्त तटबन्धले नदीको एक बाढीपनि थेग्न सकेन । बनेकै बर्ष बाढीले भत्किएको उक्त बाँध गत बर्षपनि बाँधिएको थियो तर सो बर्षपनि बाढीले भत्किहाल्यो यादवले बताउनु भयो ।”
यादवका अनुसार रामग्राम नगरपालिकाले पनि नदीको तटबन्धन र नदी सफाईका लागि सक्रिय भएर काम ग¥यो तर उतm बाँधको मर्मत किन भएन उहाँले प्रश्न गर्नु भयो । यसबारे सिचाई डिभिजन कार्यालय र नगरपालिकाका प्राविधिकलाई समेत जानकारी गराई सकिएको छ,तर कुनै सुनुवाई नभएको उहाँको भनाइछ । यता रामग्राम नगरपालिकाले उक्त बाँध एकहप्ता भित्रै मर्मत हुने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here