आयुर्वेद स्वास्थ्य सेवामा सेवाग्राहीहरुको अकर्षण बढ्दो

0
349

गौरीशंकर जयसवाल– परासी, १४ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना हुने वित्तिकै जिल््ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिनेको सङ्ख्या बढेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रलायले गत आषढ २९ गते परासी बजारमा स्थपना गरी संचालन ल्याएपछि सेवाग्राहीले सेवा दिन थालेको हो । परासी सरमुकामको स्वास्थ्य कार्यालयको भवनबाट सेवा सुरु गरेपछि दैनिक १५ देखी १६ जना सख्यमा बिरामीहरु सेवा लिन आउने गरेको नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रमेश केसीले जानकरी दिए ।

विशेग गरी दीर्घ रोगी ,मेटोपना हाडजोनी समस्या घोठाको हाडी खिएको ,ढाकको हाडी दुख्ने पेट बिरामी डाइबिजी रोगका विरामीहरु बढी सेवा लिन आउने गरेको केन्द्रका प्रमुख डा रमेश केसीले बताए । उक्त बिरामीहरुलाई निशुल्क परीक्षण र औषधी निशुल्क उपलब्ध गराउदै आएको डा केसीले बताए । उनको अनुसार आयुर्बेद सेवा केन्द्रबाट हामीले एक महिनामा ३०० जना बिरामीहरुलाई सेवा दिएको जानकारी दिए । चिकित्सक बिज्ञान ,जिवन पद्धतीसगै जोडिएको पूर्वकर्म, पञ्चकर्म लगायत आयुर्वेदिक उपचार पद्धति भएकोले दैनिक शारिक व्यायम दैनिकगातिबिधी गर्ने र यसले गर्दा आयुर्बेद स्वास्थ्य सेवामा सेवाग्राहीहरुको अकर्षण बढ्दो रहेको डा केसीले बताए ।

स्वास्थ्य सेवा केन्द्रबाट क्षमता बढाउने औषधि तथा सुत्केरी महिलाले तीन प्रकारका दुग्धवद्र्धक औषधि निःशुल्क उपलब्ध गराउदै आएको डा केसीले बताउदै सेवा केन्द्र कुनैपनि प्रकारको ‘साइड इफेक्ट’ नगर्ने औषधि निःशुल्क पाइएपछि पनि यहाँ सेवाग्राहीको संख्या बढदै गएको उनले भने । थप सेवा संचालन गर्नको लागि हामीसंग जनशाक्ति अभाव रहेको र भौतिक पूर्वाधार कम भएकोले यी आवश्यकता पुरा गरिसकेपछि हामीले थप सेवा बिस्तार गर्ने जोड दिर्ने छु डा केसीले भने । आयुर्वेद चिकित्सक १, कविराज १, बैद्य २, लेखापालसहित सात जना दरबन्दी रहेकोमा केन्द्रमा हाल आयुर्वेद चिकित्सक र कार्यालय सहयोगी गरी दुई जना कर्मचारी रहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here