परासी, ११ भदाै । जिल्ला पृथ्वी चन्द्र अस्पतालकाे गुणस्तर सेवा तथा विकासका लागि जिसस नवलपरासीका प्रमुख शिव शंकर रायले चाँसाे देखाएका छन् । विगत एक शताब्दीदेखि केन्द्रिय सरकारले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल अहिले प्रदेश मातहतमा आएपछि प्रदेश सरकारले हालै गरेको अस्पताल विकास तदर्थ समितिको अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख तोकेको पछि अस्पतालकाे विकास तथा व्यवस्थापनमा प्रमुख रायले चाँसाे देखाएका छन्र ।
प्रमुख रायले साेमबार प्रदेश ५ काे सामाजिक विकास मन्त्रालयमा पुगी अस्पतालकाे समस्या बारे जानकारी गराउदै अस्पतालकाे गुणस्तर सेवा र व्यवस्थापनका लाग अावश्यक उपकरण संगै दक्ष जनशक्तीकाे माग समेत गरेका हुन । प्रमुख राय अस्पतालका मेडिकल सुपरिटेंडेट डाक्टर अानन्त कुमार शर्मा, पत्रकार बेचु गाैड सहितकाे टाेली संग मन्त्रालय पुगेर मन्त्रालय संग तत्काल एम्बुलेन्स, विशेषज्ञ चिकित्सक, डिजीटल एक्सरे र व्यवस्थित ल्याबकाे माग गर्दै अस्पताल तर्फ मन्त्रालयकाे ध्यानाकर्षण गराएका हुन् ।
अाइतबार समन्वय समितिका प्रमुख राय र प्रदेश सांसद बैजनाथ जयसवालले अस्पतालको अवस्थाबारे जानकारी लिएका थिए । अस्पतालको स्तरोन्नती भएपनि विशेषज्ञ चिकित्सक नबस्ने, अस्पतालको औजार उपकरण, पूर्वाधार, आर्थिक स्रोत ब्यवस्थान लगायतका विषयमा उनले अस्पतालमै पुगेर जानकारी लिए ।