बैदेशिक रोजगारीको सिल्सिलामा ठगिदै युवा : ७० जनाले दिए प्रशासनमा उजुरी

0
337

रामकर हरिजन– परासी, ७ भदौ । बैदेशिक रोजगारी जाने क्रममा ७० जना ठगिएका छन् । विदेश पठाउने एजेन्टहरुले ७० जना युवा संग मोटो रकम असुल गरि विदेश नपठाएपछि ठग्ने ति एजेन्टहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उजुरी परेको छ । आर्थिक बर्ष २०७८/०७९ मा एजेन्टहरुद्धारा ठगिएका ७० जना युवाले प्रशासन कार्यालयमा पैसा झिकाउन उजुरी दिएका छन् जसमध्ये २५ जनाको रकम झिकाई फिर्ता समेत प्रशासन कार्यालयले गराई सकेको कार्यालयका मुद्दा शाखाका कर्मचारी राजकुमार यावदले जानकारी दिए । उनका अनुसार ‘‘कतिय उजुरी कर्ता र एजेन्टहरुलाई हाजिर गराई तारेखमा राखीएको छ । सम्पर्कमा नआउने एजेन्टहरुलाई प्रहरीद्धारा झिकाई छलफल गराछांै उनले भने ।” म्यानपावरहरुले बिचौलियको रुपमा राखेको ति एजेन्ट (दलालहरुले) आम जनताहरुलाई विभिन्न आकर्षक प्रलोभनमा पारी मोटो रकम उठाई ठगि गर्दै आएको स्थानिय गुनासो गर्दछन् ।

विदेश जाने चक्करमा एजेन्टहरुद्धारा यसरी ठगिएका जम्मा ७० जनाले मात्र उजुरी दिएको तथ्याङ्ख देखिएपनि ठगिएर सयांै जना उजुरी नै नदिई बसिरहेको अवस्था छ । एजेन्टहरु नक्कली डिमान्ड लेटर खल्तीमा राखी बेरोजगार युवाहरुलाई आकर्षक काम, सेलरी र सेवासुविधाको मोह देखाउदै आफनो जालमा पार्दछन् । एजेन्टहरु पहिला पास्पोर्ट माग्छन । त्यसपछि मेडिकलका लागि, टिकटका लागि र विभिन्न बहानामा थोरै थोरी पैसा लिई फसाउने कार्य गर्ने गरेको स्थानिय राजेन्द्र कुर्मीले बताए ।

१० महिना पहिला बैदेशिक रोजगारमा पठाई दिन्छु भनि एक लाख रुपैया मोहन सहानीले लिएका छन बैदेशिक रोजगारमा पठाउन नसकेपछि उक्त पैसा माग्दा आलटाल गरी अहिले सम्म नदिए पछि साउन १९ गते पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयमा दिए पछि दर्ता नं १४९ हो कार्यवाही सम्बन्धमा प्रश्न गर्दा नआतिनु तपाईको काम हुन्छ भन्दै मुद्दा शाखाका कर्मचारीहरुले आशवासन दिएको कुर्मीले बताए ।
वैदेशिक रोजगारमा जाने कामदारको संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ जेठ २६ गते देखि सात राष्ट्रहरु मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स,कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारहरुलाई निःशुल्क भिसा तथा टिकट निशुल्क व्यवस्था गरे पनि म्यानपावर कम्पनि र एजेन्ट दलालहरुले वैदेशिक रोजगारमा जाने कामदारहरु संग १ लाखौ भन्दा बढी असुल गरेको सुनिन्छ । बैदेशि रोजगारीमा जाने युवाहरका लागि जिल्लामा सामी परियोजना नै संचालन भई सचेत गराउने कार्य गरिदै आएपनि एजेन्टहरुको मायाजालमा युवाहरु फसिदै गएको पाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here