परासी, ११ भदौ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा गठित स्थानिय समानान्तर समितिले गाउँपालिकामा लगाइएको एकिकृत सम्पत्ती कर हटाउन माग गरेको छ । किसानहरु माथि अनावश्यक रुपमा थपिएको करभारको रुपमा एकिकृत सम्पत्ति कर पुर्ण रुपले हटाउन माग गर्दै समितीले गाउँपालिकामा विरोध प्रदर्शन गरेको हो ।
समितिका संयोजक धरेन्द्र यादवको नेतृत्वमा बेलासपुर चोकबाट निकालिएको विरोध ज्लुस गाउँपालिकाको कार्यालयमा पुगी कर चर्काे विरोध गर्दै विभिन्न कर विरुद्ध नाराबाजी समेत गरेको थियो । समितीले, गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको जनता माथि शासन गर्ने बदनियतले मनोमानी ढंगबाट अनाधिकृत रुपमा विभिन्न क्षेत्रमा बढाएको करको चर्काे विरोध गर्दै अध्यक्ष गुप्ताको चर्काे आलोचना समेत गरिएकोे समिति सदस्य राजेन्द्र सहानीले जानकारी दिए ।
उनले भने, गाउँपालिकामा लागु गरिएको एकिकृत सम्पत्ति कर फिर्ता लिन, सेवा शुल्कमा बृद्धि रकम हटाउन माग गर्दै आर्थिक बर्ष २०७४/०७५ मा गाउँपालिले गरेको विभिन्न योजनाहरुको आय व्यय समेत सार्वजनिक गर्न समितिको माग रहेको बताए ।
भव्यताका साथ निकालिएको विरोध ज्लुस गाउँपालिका स्थित कोणसभामा परिणत भएको थियो । कोणसभामा समितिका संयोजक धरेन्द्र यादव, समितिका बरिष्ठ सदस्य मुकुरजी गिरी, राजेन्द्र प्रसाद सहानी, दिनेश मणि पटेज, हरिहर चौहान, धिरेन्द्र गिरी, तारिन्द्र बर्मा, रामनाथ दास पटेल, राम कृपाल गिरी लगायतले विभिन्न क्षेत्रमा बढेको करको चर्काे विरोध गर्दै पुर्ण रुपले एकिकृत सम्पत्ति कर हटाउन माग गरेका थिए ।
सभामा वक्ताहरुल, माग पुरा नभए विभिन्न चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए । यता गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले भने, केहि दिनमै कार्यपालिकाको बोर्ड बैठक बसी करको विषयमा पुर्न विचार गर्ने प्रतिक्रिया दिए ।
त्यसैगरि स्थानिय संघर्ष समिति रामग्राम नगरपालिकाले पनि करको विषयमा रामग्राम नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । समितिका संयोजक अमिरुल्लाह मिँयाको नेतृत्वमा रामग्राम नगरपालिकामा ज्ञापन पत्र बुझाई जिल्ला प्रसशान, जिल्ला समन्वय समितिलाई जानकारी गराइएको हो ।
रामग्राम नगरपालिकाद्धारा लागु भएको एकिकृत सम्पत्ति कर, विभिन्न क्षेत्रमा बढेको सेवा शुल्क रकम फिर्ता लिन माग राख्दै आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न भएको योजनाहरुको आय व्यय सार्वजनिक गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
समितिका अनुसार विभिन्न योजनाहरुमा भएको अनियमितता, विभिन्न कार्यक्रमहरुमा भएको भ्रष्टाचार र अनाधिकृत रुपमा बढेको कर जन गुनासो बढेपछि यसको चर्काे विरोध स्वरुप ज्ञापन पत्र बुझाई एक हप्ता भित्र आर्थिक बर्ष ०७४/०७५ मा सम्पन्न योजनाहरुको बिलभरपाईको प्रमाणित प्रतिली माग गर्ने पहिलो कार्यक्रम रहेको समितिका सदस्य रामज्ञा पाण्डेले बताए ।
रामग्राम नगरपालिकालाई कर घटाउन दबाब दिने गरि संयोजक मिँयाको नेतृत्वमा सदस्य रबिन्द्र यादव, रामज्ञा पाण्डे, रामकुण्डल यादव, जयप्रकाश सहानी, विरेन्द्र ठाकुर, शेषनारायण सहानी, निरज रौनियार, जगदिश गुप्ता, बुद्धन अली, जनार्दन कुर्मी, ओमप्रकाश चोधरी, बल्वन्त यादव समेतको टोली रामग्राम नगरपालिका पुगेको थियो ।