परासी, १ भदाै । परासी बजारलाई सफा सुन्दर बनाउन जनप्रतिनिधिहरु बजार सफाईमा यति बेला व्यस्त छन् । परासी बजारमा पर्ने रामग्राम नगरपालिकाको वडाका जनप्रतिनिधिहरु बजारका सडक, पेटी र ढलहरु सफाई कार्यमा व्यस्त देखिएका छन् । गत सोमबारदेखि शुरु भएको वडा २, ३ र ५ को क्षेत्रमा सम्बन्धित वडाका वडा अध्यक्ष एवं सदस्यहरु भिडेर सर–सफाई कार्य गरिहेका छन् ।

वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र वडाका कर्मचारीहरु समेत परासी बजारको मुख्य सडमा फालिएको फोहोर मैला, ढुङ्गा, गिट्टिबालुवा लगायतका बस्तुहरु पालिकाको फोहोर फ्याक्ने टयाक्टरमा लोड गरि डम्पिङ्ग साईटमा बिर्जन गर्दै आएको वडा ३ वडा अध्यक्ष उज्जवल न्यौपाने उर्फ बेबीले जानकारी दिनु भयो । सफाई कार्यक्रमा वडा २ का वडा अध्यक्ष निरज रौनियार, वडा ५ का अध्यक्ष रामवृक्ष यादव, कार्यपालिका सदस्य अमृत सिंह जिसी, बच्ची कहाँर लगायत वडाका विभिन्न वडा सदस्य, कर्मचारीहरु लागी परेका छन् ।
बजारको मुख्य सडमा फालिएका प्लास्टिक लगायतका फोहोरले सडक फोहोर देखिनु र सडकको छेउछाउमा छितिरबिरि रहेको स–साना ढुङ्गागिट्टिले दुर्घटनाको जोखिम बढने सम्भावना देखिएकाले ति विकार वस्तुहरुलाई सफाई गरि रहेको कार्यपालिका सदस्य अमृत सिंह जिसीले जानकारी दिनु भयो । यसरी बजारका सडकको सरसफाईले सफासुन्दर हुदै गएपछि बजारको सबै वडाहरुको वृहद सफाई गर्न आवश्यक रहेको स्थानियले प्रतिकृया जनाए । उक्त कामका स्थानियले प्रशंसा पनि गरे ।