परासी, ३१ श्रावण । जिल्ला प्रहरी कार्यालय नवलपरासीले तिनजना फरार अभियुक्तलाई पक्राउ गरि जिल्ला अदालतमा बुझाएको छ । आज विहान प्रहरी चौकी तोनवाबाट प्रहरी सहायक निरिक्षक बृजेश कुमार निसादको कमाण्डमा खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिकाको बिभिन्न स्थानबाट ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा १० बस्ने जोखनी नाउ, वडा ११ बस्ने बन्धु चौधरी, वडा ११ मै बस्ने बुधिराम भरलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि अदालत बुझाएको हो । विभिन्न कसुरमा फैसला भई जरिवाना तोकिएका ति फरार अभियुक्तहरु मध्ये जोखनी नाउलाई ३६४०३ रुपैया जरिवाना तोकिएको छ भने बन्धु चौधरीलाई २,१५० र बुधिराम भरलाई १००० रुपैया जरिवाना लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।