प्रहरीद्धारा गाडीसहित १५ क्विन्टल चिनी बरामद : मंगलबार मात्र १४ लाख ४३ हजार मालसमान बरामद

0
298

परासी, ३१ श्रावण । जिल्ला प्रहरी कार्यालय नवलपरासीले पिकप भ्यान सहित १५ क्विन्टल अवैध चिनी बरामद गरेको छ । प्रहरी चौकी बैरगनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम १८ दशकट्टाबाट लु १ ज ४४०९ नम्बरको पिकप गाडी सहित १५ क्विन्टल चिनी बरामद गरि जिल्ला प्रहरी कार्यालय मार्फत महेसपुर भन्सारलाई बुझाएको छ । बरामद चिनी ९० हजार र गाडीको मुल्य १२ लाख कायम गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार बुझाइएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनु भयो ।

त्यसैगरि प्रहरीले रामग्राम ४ बैरिहवाँबाट १ लाख ५३ हजार ४३० रुपैया बराबरको कुर्ता, सुरुवाल, साडी लगायत विभिन्न खाद्यान्नका सरसमानहरु बरामद गरि भन्सारालाई बुझाएको छ । प्रहरीले आज मात्र १४ लाख ४३ हजार ४३० रुपैया बराबरको ति सामानहरु बरामद गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here