परासी, ३१ श्रावण । ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझको समयमा सुनवल नगरपालका वडा ११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि सुनवल नगरपालिकामा बुझाएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनु भयो ।
नवलपरासी जिल्लाको खोलाहरुमा स्थानिय तस्करहरु नदीजन्द पदार्थको चोरी निकासी गरिरहेको खबर बाहिर आएपछि पालिका र प्रहरीहरु खोला क्षेत्रमा निगरानी बढाएका छन् । पालिकामा बुझाइएका ति टिपरहरुलाई निर्धारित जरिवाना गराईने पालिकाले जनाएको छ ।