पढदै कमाउदै कार्यक्रम प्रभावकारी बनाउन कृषि क्याम्पस संग सहकार्य गरिने : सुनवल नगरप्रमुख बिमला अर्याल

0
711

सुनवल, ३० श्रावण । पढदै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालले रामनगर कृषि क्याम्पसको अवलोकन गर्दै सहकार्यका लागि छलफल गर्नु भएको छ । सुनवल १२ भुमहीमा रामग्राम टेक्निकल एण्ड म्यानेजमेन्ट कलेजद्धारा संचालित कृषि क्याम्पसको अवलोकन गर्दै नगर प्रमुखले आफनो योजना क्यापसलाई सुनाउदै यसमा सहकार्य गर्न आग्रह गर्नु भयो ।

नगर प्रमुख अर्यालले उक्त कृषि क्याम्पसको संरक्षणमा पालिकाको भरपुर सहयोग गर्ने भन्दै नगरको वृहद कृषि योजना निर्माणमा क्याम्पसको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । पालिकाले अगाडी सारेको पढदै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक जग्गा, विद्यालयका खाली जग्गा, समुदायिक बन भित्रका खाली जग्गाहरुमा कृषि बालीहरु लगाई स्वरोजगार पनि बढाउने र अध्ययनरत विद्यार्थीहरु कमाउने अवसरपनि रहने हुँदा उक्त कार्यमा क्याम्पसका अध्ययनरत विद्यार्थीहरुलाई संलग्न गराउन पालिका र क्याम्पस बिच छलफल समेत भएको मेयर अर्यालले बताउनु भयो ।

समृद्ध सुनवल निर्माणको परिकल्पना साकार पार्न कृषि विषयनै लिएर पढिरहेका विद्यार्थीहरुमा कृषि क्रान्ति गर्ने र बढि उत्पादन गर्न सक्ने क्षमता रहने हुँदा पढदै कमाउने कार्यक्रम प्रभावकारी बनाउन क्याम्पस र पालिका मिलेर काम गर्ने आवश्यक्ता रहेको मेयरले बताउनु भयो ।
क्याम्पस अवलोकन गर्न कृषि क्याम्पस पुग्नु भएकि मेयर अर्याललाई क्याम्पसका प्रअ पुष्पराज दुलाले क्याम्पसको अवस्था बारे जानकारी दिदै हाल क्याम्पसमा विभिन्न जिल्लाका गरि कुल १२१ जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनु भयो ।

प्रअ दुलालले क्याम्पसको लाईब्रेरी, प्रयोगशाा, कक्षा कोठा र रिसर्च गरिने फिल्डहरुको अवलोकन गराएका थिए । प्रअ दुलालले, यस क्याम्पसमा पढने विद्यार्थीहरुले कृषिमा नयाँ नयाँ अनुसन्धान पनि गर्ने गरेको भन्दै पालिकाको पढदै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन पालिका संग मिलेर काम गर्न तयार रहेको बताउनु भयो । नगरपालिकाले पालिका भित्रै युवा तथा अध्ययनरत विद्यार्थीहरुलाई स्वरोजगार बनाउन पालिकाको विभिन्न क्षेत्रमा रहेको सार्वजनिक जग्गाहरुमा के–कस्ता खेती फस्टाउन सक्छ सोही अनुसार खेती गराईने र पढदै गरेका विद्यार्थीहरुलाई पठनपाठनमा केहि सहज हुने गरि आम्दानी पनि हुने र पालिका भित्र कृषि उपजको उत्पादन पनि बढने पालिकाको योजना रहेको छ ।

रामनगर कृषि क्याम्पस अवलोकनका लागि नगर प्रमुख बिमला अर्याल, वडा १२ का अध्यक्ष चुणमणि पौडेल, नगरपालिकाको रेशम शर्मा लगायतको टोली रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here