परासी, २९ श्रावण । जिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिका भित्रका शाखाहरुलाई निर्देशन दिएको छ । विगतका बर्षहरुमा ढिलो गरि योजना सम्झौता गर्ने,कार्यान्वयनमा ढिलाई गर्ने गर्दा बजेट खर्ज नहुने हुदा फ्रिज र अल्या गराई आर्को बर्षमा सार्ने पद्यतीको अन्य गर्ने गरि योजना बनाउन शाखाहरुलाई निर्देशन गरेको हो । नगरपालिकाका विभिन्न शाखाहरुमा कर्मचारी तर बेलामा काम नगरिदिदा आन्तरिक आयको रकम अन्या भएर जाने र सशर्त बजेट फ्रिज हुने अवस्था देखिएको हुदा त्यो अवस्था फेरी नहोस भनेर खर्चका ेकार्ययोजना नै पेश गर्न निर्देशन गरि सकिएको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । नगरपालिकाको वित्तिय अवस्थाको बेथिती देखियो,उनले भने, अब यहिँ आर्थिक बर्ष देखी सुधार गर्नु पर्छ ।
अहिले निर्वाचित भएका नगरप्रमुख(मेयर) धनपत यादवले प्रमुख प्रशासकिय अधिकृतलाई पुरानो ढिलासुस्तीको अवस्थामा सुधार ल्याउन के कस्तो काम गर्ने बारे परामर्श गरे पछि अधिकृत खड्काले सो निर्देशन गरेको सुनाए । बजेट खर्च गर्न नसक्नु कर्मचारीकै असक्षमता देखिन्छ,उनले थपे,त्यसले विकासको गतिलाई रोक्छ । बजेट के कसरी खर्च गर्न सकिन्छ,त्यसको उपाय समेत प्रस्तुत गर्न लगाईएको छ । चुनौती र समस्या छन्,भने के कस्तो समस्या र चुनौतीहरु छन् ? त्यसको अवस्था समेत उल्लेख गर्नु पर्छ । नीतिगत समस्या छ,भने नगरपालिकाको कार्यपालिकाले समस्या हल गर्छ,नगरसभा बोलाउन परे नगरसभा बोलाएर पनि समाधान खोजिन्छ,तर चैत्र भित्र नगरपालिकाको योजना बजेट खर्च भई सक्ने गरि कार्ययोजना बनाउन लगाइएको प्रमुख प्रशासकिय अधिकृत खड्काको भनाई थियो । बजेट फ्रिज गराउने छुट कर्मचारीलाई छैन्, उनले भने,त्यसको उपाय कर्मचारीले नै खोज्नु पर्छ । गत आर्थिक बर्षका धेरै जसो योजनाको बजेट मध्ये आन्तरिक स्रोतको रकम अल्या भएर आएको छ, केही रकम फ्रिज नै भएको थियो । त्यो जनताको करबाट आएको रकम फ्रिज गराउनु हुदैन भनेर नगरपालिका लागि परेको प्रमुख प्रशासकिय अधिकृत खडकाले बताए । यसमा जनप्रतिनिधि र राजनीतिक दल तथा नागरिकहरुले समेत सहयोग गर्नु पर्छ । विकासका कार्यक्रम नगर सरकारले मात्र गरेर सम्भव छैन्,यसमा नगरभित्रको नागरिकको उत्तिकै भुमिका हुन्छ, नगरपालिका सरकार हो,तर नागरिक राज्य हुन्,सरकार र राज्य मिलेर मात्र विकास गर्न सम्भव हुन्छ,त्यसमा पनि राज्यको ठूलो भुमिका रहन्छ ।
चैत्र भित्र नगरपालिकाले आफ्नो बजेट सबै खर्चेर ढुकुटी रित्तो गराउन सक्नु पर्छ,अनि मात्र प्रदेश सरकार र संघिय सरकारबाट थप बजेट माग गर्न सकिन्छ । नगरपालिकाको विकास पुर्वाधार तिब्र रुपमा हुन्छ । रामग्राम नगरपालिकामा १ सय २५ जना स्थाई कर्मचारी छन् । ६७ जना करारका कर्मचारी थपिएका छन् । डोर हाजिरमा पनि २३ जना कर्मचारी गरि कुल २ सय १७ जना कर्मचारीले अघिल्लो बर्षमा काम गर्दा पनि धेरै रकम अल्या भएर यो आर्थिक बर्षमा आएको छ । नगरपालिकाले प्रस्तुत गरेको चालु आर्थिक बर्ष २०७९÷०८० को बजेट कार्यक्रमका अनुसार ३१ करोड ३४ लाख ४२ हजार ४ सय ४३ रुपिया अल्या मात्र आएको छ । अघिल्लो आर्थिक बर्षमा खर्च हुन नसकेर सशर्त तर्फको करिब १३ करोड फ्रिज भएको थियो । यतिको कर्मचारी भए पनि झण्डै ४५ करोड रकम बराबरको नगरपालिकामा विकास हुन सकेन्,यसले नगरपालिकाको विकासको गतिलाई ठूलो अवरोध गर्यो । बजेट खर्च नगर्ने अल्या भएर जाने र फ्रिज भएर जाने दोष कर्मचारीले नै लिनु पर्ने नगरबासीको भनाई छ ।
कर्मचारीको कारण रकम फ्रिज हुने र खर्च नभएर अल्या.ल्याउने रकमको प्रतिसतको आधारमा कर्मचारीको तलब सुविधामा समेत कटौती हुनु पर्ने नागरिक स्तरबाट माग उठेका छन् । यस प्रति नगरप्रमुख यादव गम्भिर रहेको बताएका थिए । चालु आर्थिक बर्षमा नगरपालिकाको अल्या.३१ करोड ३४ लाख ४२ हजार ४ सय ४३,आन्तरिक आय ८ करोड ३८ लाख ६१ हजार,राजश्व बाडफाडबाट १८ करोड ७१ लाख ४३ हजार र सशर्त तर्फको स्रोत ६० करोड ९३ लाख ३६ हजार गरि कुल १ अर्ब १९ करोड ३७ लाख ७३ हजार ४ सय ४३ हजारको बजेट छ । पुरै रकम चैत्र भित्र खर्च गर्ने हो भने मासिक रुपमा १४ करोड ९२ लाख २१ हजार ६ सय ८० रुपिया खर्च गर्नु पर्ने हुन्छ । नगरपालिकाले खर्च गर्ने खाता साउन दोश्रो साता देखी नै सञ्चालन गरि सकेको छ । पुर्वाधारका लागि प्राविधिक सर्वेक्षण भई लगत स्टिमेट बनाउने कार्य पनि तिब्र रुपमा बढेको छ । @koliyakhabar.com