परासी, २८ श्रावण । पश्चिम नवलपरासीको रामग्राममा ठुलो सडक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १९ जना घाईते भएका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ५ भैरहवाँ–भुमही बाईपास बालगोविन्द पेट्रोलपम्प चोकमा एउटा ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । भैरहवाँबाट आउदै गरेको बागमती प्रदेश ०३–००१ क ०१८९ नं. ट्रकले लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिँदा बस पल्टेर दुर्घटना हुँदा बसमा सवार मध्ये १९ जना घाईते भएका छन् ।
दुर्घटनामा परि रामग्राम–१६ तोन्वा बस्ने ३५ बर्षिय रामरती यादव र बर्दघाट १२ दबिल्ल बस्ने ३० कि बिनु शाहीको टाउकोमा गम्भीर चोटलाई सिरियस रहेको र ति दुबैजनालाई थप उपचारको लागि भैरहवाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । बाकी १७ जना घाईतेहरुको जिल्ला पृथ्वीचन्द्र अस्पताल सहित विभिन्न स्थानिय अस्पताल तथा मेडिकलहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दिउँसो पौने तिन बजेको समयमा भएको दुर्घटनामा बसलाई ठक्कर दिने ट्रक र बस दुबै प्रहरीको नियन्त्रण रहेको छ ।

घाइतेहरुको विवरण
१. जिल्ला नवलपरासी रामग्राम न.पा.–१६ तोनवा बस्ने बर्ष अं. ३५ कि रामरती यादवको टाउकोमा चोट, सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही तर्फ रिफर ।
२. ऐ.ऐ. बर्दघाट न.पा.–१२ दबिल्ला बस्ने बर्ष अं. ३० कि बिनु शाही टाउकोमा चोट सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही तर्फ रिफर ।
३. जिल्ला नवलपरासी सरावल गा.पा.–४ ललितपुर बस्ने बर्ष अं. २३ को पुनम चमारको छातीमा चोट, अवस्था मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
४. ऐ. –५ दुबौलिया बस्ने बर्ष अं. २४ को बिजय कुमार हरिजनको बाँया हातमा चोट सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
५. ऐ. पाल्हीनन्दन गा.पा. –२ अमानिगंज बस्ने बर्ष अं. २० कि प्रियंका यादवको टाउको र पिठ्युमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।
६. ऐ. सुस्ता गा.पा. –५ तरैनी बस्ने बर्ष अं. २१ कि गुन्जा कुमारी पालको बांया हातमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
७.. ऐ.ऐ. बस्ने बर्ष अं. २० को आकाश पालको बाँया हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।
८. ऐ.ऐ. प्रतापपुर गा.पा.–७ सुर्यपुरा बस्ने बर्ष अं. २२ कि मनिषा चौधरीको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
९. जिल्ला कपिलवस्तु बुद्धभुमी न.पा.–८ चरीगाउँ बस्ने बर्ष अं. २० को दिपेन्द्र यादवको अनुहारमा चोट ,सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१०. जिल्ला नवलपरासी पुर्वी कावासोती न.पा.– १७ बभनौली बस्ने बर्ष अं. ३२ कि राज कुमारी थनेतको कम्मरमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
११. ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं. ५ कि ज्योती थनेतको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१२. ऐ.ऐ. देवचुली न.पा.– १३ दलदले बस्ने बर्ष अं. ३० कि सुनिला थनेतको दाहिने खुट्टामा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१३. जिल्ला कपिलवस्तु यसोधरा गा.पा.– ७ तौलिहवा बस्ने बर्ष अं. २० को शिव सागर यादवको कम्मरमा चोट सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१४. ऐ.ऐ. बर्दघाट न.पा. –४ दिब्यनगर बस्ने बर्ष अं. २७ कि सुजता कुँवरको घांटी र दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१५. ऐ.ऐ. बस्ने बर्ष अं.२८ कि शर्मिला सापकोटा शर्माको बाँया कुममा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।
१६ः– भारत जिल्ला महाराजगंज नौतनवा बस्ने बर्ष अं. ४५ को मनोज मदेसियाको बाँया कोख र हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१७. ऐ.ऐ. बस्ने बर्ष अं. ३७ को अमित गुप्ताको दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१८. जिल्ला महाराहगंज निचलौल पंचमा बस्ने बर्ष अं. ५० को हदिश अन्सारीको अनुहारमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१९. ऐ.ऐ. बस्ने निजको नातिनी बर्ष अं. ६ कि नाजिया खातुनको दाहिने खुट्टामा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।