सुनवल, १० श्रावण । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्रि सहशराम यादवले आज सुनवल ५ मा अवस्थित झरही बनकट्टि खोला पुलको समुद्घाटन गर्नुभएको छ ।२०७६ चैत्र ४ गते सम्झौता भई यहि अषाढ १ गते सम्पन्न पुलसडक पुर्वाधार विकास कार्यालय रुपन्देहिको रु ८ करोड ६ लाख २० हजार २ सय ९६ लागतमा सम्पन्न भएको हो । पुल निर्माणको ठेक्का अर्घाखाची इन्जिनियर्स एण्ड विल्डर्स कम्पिनी प्राली. शिद्धार्थ नगर रुपन्देहिले गरेको पुलको लम्बाई ८२.८५ मिटर,१० मिटर चौडाई र ६.१३ मिटर उचाई रहेको छ ।
समुद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहशराम यादवले झरहि बनकट्टी खोला पुल निर्माणले बनकट्टी,छेदनी,परासी आवत जावत गर्न सहज भएको बताउदै प्रदेश सरकारको पहलमा विगतका वर्षहरुमा प्रयाप्त बजेट सुनवल नगरपालीकालाई प्राप्त भएको र आगामि दिनमा यसलाई निरन्तरता दिईने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवम् सुनवल नगरपालीकाका नगर प्रमुख विमला अर्यालले सुनवल नगरपालीकामा निर्माणाधिन रिङ्गरोडलाई बजेट अभाव भएको कारण सो कार्य पुरा गर्नका लागी मन्त्रालय सगँ आग्रह गर्नुभएको थियो । उहाँले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि सुनवल नगरपालीकालाई प्रयाप्त बजेट विनियोज गरी विकाश निर्माणका गतिलाई तिब्रता दिन पनि मन्त्रालय सगँ आग्रह गर्नुभयो ।
कार्यक्रम पश्चात मन्त्रि सहशराम यादवलाई सुनवल नगर प्रमुख विमला अर्यालले सुनवल नगरपालीकामा स्वागत गर्नुभएको थियो ।
नगरप्रमुख अर्यालले सुनवल नगरमा भएका विकाश निर्माणको अवस्था र आगामि वर्ष गरीनुपर्ने अत्यावश्यक विकाश निर्माणको बारेमा मन्त्रि यादवलाई जानकारी गराउनुभएको थियो भने मन्त्रि यादवले सुनवल नगरपालीकाको विकाश निर्माणको कार्यमा प्रदेश सरकार तथा मन्त्रालयद्धारा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव अमृत श्रेष्ठ,यातायात पूर्वाधार निर्देशक भिमार्जुन पाण्डे,लुम्बिनी अचंल सडक कार्यालय प्रमुख लिला अर्याल,सडक पूर्वाधार विकाश कार्यालय इन्जिनियर गोपिराज पुन लगाएतको उपस्थिती रहेको थियो ।