सफा नेपाल महाअभियानमा नयाँ चमक

0
535
सुमन लम्साल
बिश्वसफाइ दिवसको अवसरमा देश भरि सरसफाइ चलिरहेको छ । विशेष गरि यति बेला नवलपरासीको नवलपुरमा विभिन्न संघ संस्थाहरु बजार बजारमा सफा नवलपुर माहाअभियानमा छन ।
बिश्वसफाइ दिवसको यो महान दिनको अबसरमा सफाई कार्यक्रम र देश सफा हुने त्यस दिन बाट सबैभन्दा धेरै फोहोर निकाल्ने र नेपाल सफाइमा सयभन्दा बढी अभियान्ता देशकै सफाईमा लागिपरेका छ्न ।
“यो अभियान सबैको साझा अभियान हो” भन्नु हुन्छ बाताबरण जनजागरण बिकास मञ्चका अध्यक्ष सुधन लम्साल । देशभरि यो अभियान चलिरहदा नवलपुरका युवाहरू शोत:स्फुर्त सफाईमा लागिपरेका हुन।
People for clean planet सबैलाई यो अभियानमा लाग्न र सहयोगमा गर्न बजार बजारमा व्यस्त छन युवा अभियान्ता सुमन लम्साल । यो समुह बजार मात्रै होइन धर्मिक क्षेत्रको सफाइमा पनि बढी सक्रिय छ ।
यस्तो सरसफाई कार्यक्रममा सघाउनु र सघाउन सबैलाई आह्वान गर्नुहुन्छ हरियाली संस्थाका अध्यक्ष एल .एन दवाडी । यो समुह नवलपुरको सबै बजार सरसफाइमा गरि धर्मिक क्षेत्रमा समेत सफाइमा जुट्नुले राम्रो कुराको सन्देश दिन्छ र अरु युवाहरूलाई समेत यस् कार्यमा लाग्न प्रोत्साहित गरेको छ।
नवलपरासीको र देशकै प्रसिद्ध धार्मिक स्थल दाउन्ने मन्दिर परिसर सर सफाई मौलाकालीका गैंडाकोटको परिसर सर सफाई कार्यक्रम समपन्न गरेको छ । कारिब ५० भन्दा बढी युवा अभियान्ता स्वयमसेवी को यो समुह नेपाल संगै नवलपरासीको चोक-चोकमा सफा र जनचेतना दिदै छन् ।
यो कार्यक्रम स्थानिय जनप्रतिनिधिको समेत सहयोगले काममा थप उत्साह आएको भनु हुन्छ अभियान्ता बिमल अधिकारी। सम्पुर्ण स्बयमसेबीहरुरको साथ छ र सहयोग बाट यो महाअभियान हुदै छ ।
अझै नेपाल सरकारले पनी यो कदममा सहयोग गरेको छ। स्कुल स्कुलमा जनचेतना र फोहोर सफाई अभियानमा थप सहयोग पुग्न गएको छ। कार्यक्रममा उपस्थिति हुने स्थानिय बासिन्दाहरुको पनि ठुलो सहयोग हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here