परासी, १० भदौ । नवलपरासीको सदरमुकाम परासी बजारमा अव्यस्थित पाकिङ्गले बजार नै कुरुप बनेको छ । सदरमुकामको मुटु बुद्धचोक र यसको वरवपरका चोकहरुमा साना सवारी साधान तथा साईकल–मोटरसाईकलको अव्यस्थित पार्किङ्गले बजार त कुरुप बनेकै छ आवत जावतमा यात्रुहरुलाई समस्या पनि उत्तिकै भएको छ ।
बजारको जुनसुकै चोकमा पसलहरुको अगाडी ठेल्ला–फुतपाते पसल र सवारी साधन तथा मोटरसाईक–साईकलको अव्यस्थित पार्किङ्गले बजारको बाटो सागुरिदै बजार अस्त व्यस्त बनेको स्थानिले गुनासो गरेका छन् ।
सदरमुकाम परासी बजार रामग्राम नगरपालिकामा पर्दछ । रामग्राम नगरपालिकाले बजारलाई व्यस्थित र व्यस्थित पर्किङ्गको वातावरण नबनाएकाले नै बजार यस्तो भद्दा देखिएको स्थानियले बताए ।
‘‘जिल्लाकै पुरानो नगरपालिका रामग्राम हो तर यहाँ अझै व्यस्थित बसपार्क छैन । नगरपालिकाले बजारमा खुलेआम घुमीरहेको छाडा पशु चौपायालाई पनि व्यस्थापन गर्न सकेको छैन, त्यस्तै बजारमा अव्यस्थित फुतपाते पसल, ठेल्लाहरुलाई पनि व्यस्थित गर्न सकेको छैन,” जसकारण बजार अस्त व्यस्त बनेको स्थानियले बताए ।
यता अव्यस्थित पार्किङ्ग अर्काे तर्फ जताततै फुतपाते पसल–ठेल्लाले बजार सागुरो भएसंगै अस्त व्यस्त देखिएको छ ।