धर्मौली छापामारीबाट २३६ बोरा चिनी र ५६ बोरा मल बरामद

0
569

परासी, २४ असार। भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता मिलेको छ। विशेष सुराकीको आधारमा महेसपुर भन्सार, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नवलपरासीको प्रतापपुर गाउपालिका ५ धर्माैलीमा छापा मार्दा ठूलो मात्रामा चिनी र युरिया मल बरामद भएको हो।

धर्मौलीको एक स्थानीय ब्यक्तिकाे घरमा एक ब्यपारीले भन्सार छली अबैध रुपमा लुकाईछिपाइ राखेको२३६बाेरा (११८कुन्टल)चिनि र ५६ बाेरा युरिया मल बरामद गरि नियन्त्रणमा लिइएको हो। उक्त मालसामान ७ लाख ८नहजार मूल्य बराबरकाे रहेको प्रहरीले जनाएको छ।

छापामारीमा सशस्त्र प्रहरी बल नेपाल, ईप्रका बेलाटारी,बसहिया प्रहरी चाैकि र भन्सार कार्यालयकाे सयुक्त टोली रहेको सशस्त्र प्रहरी बल नेपाल २६नम्बर गणले जनाएको छ।
छापामारीबाट बरामद चिनी र मल आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे छ। पछिल्लो समयदेखि नवलपरासीमा तस्करी मौलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here