नवलपरासीमा युरिया मलको हाहाकार : मल खोज्दै किसान

0
501

 

 

 

 

 

परासी, १० भदौ । देशभरि संगै नवलपरासीमा पनि युरिया मलको चरम अभाव भएको छ । किसानहरु धान खेतीमा युरिया मल छर्न नपाएपछि खेती बारे चिन्तित समेत बनेका छन् ।

जिल्लामा युरियाको अभावले केहि किसानहरु बाध्य भई चर्काे मुल्य तिरी भारतबाट लुकिछिपी युरिया मल भित्राई खेतमा छरिरहेका छन् भने अधिकांश किसानहरु युरिया मल खोज्दै अझै मल वितरण केन्द्रमा धाई रहेका छन् ।

जिल्लाको सदरमुकाम सहितका विभिन्न बजारमा युरियको अभाव छ । सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको जिल्लामा यस्तो हाहाकारका बेला किसानहरुमा निराशा छाएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडले देशमै युरियाको अभाव भएकाले जिल्लामा पनि मागको अनुपातमा युरिया मल उपलब्ध गराउन नसकिएको बताएको छ ।

यतिबेला धान खेती पसाउने बेला भएको छ । धानखेतीलाई हल्का बर्षाले निकै साथ दिईरहेका बेला धानमा छर्न युरिया मलको अभावले फेरि धान खेती बिग्रेन चिन्ता किसानहरुमा समाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here