सुनवल नगरपालिकाको बजेट ९६ करोड, ३९ लाख, २६ हजार 

0
309

पुरन अधिकारी–

परासी, १० असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको ११ अौ नगर सभाले आव २०७९/८० का लागि ९६ करोड बरावरको बजेट ल्याएको छ । सुनवलमा सम्पन्न ११ औ नगरसभामा नगर प्रमुख बिमला अर्यालले ९६ करोड, ३९ लाख, २६ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । कुल बजेटको चालु खर्च तर्फ ४१ करोड ८५ लाख ६९ हजार अर्थात् ४३.४२ प्रतिशत र पूँजीगत खर्च तर्फ ५४ करोड ५३ लाख ५७ हजार अर्थात् ५६.५८ प्रतिशत बजेट विनियोजन भएको हो।

नगरको ११अौ नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले नगरलाई ५ वर्ष भित्रमा पुर्ण रुपमा महिला हिंसामुक्त नगर घोषणा गरिने, बालमैत्रि अभिलेखालयको स्थापना , महिला उद्धार तथा संरक्षण र परामर्श कार्यक्रम संचालन, गरिवसंग उपमेयर कार्यक्रम, बडेरा, किर्तिपुर,बनाहा,हर्दिया र सिरानटोलमा नगर स्तरका खेल मैदान निर्माण कम्तीमा २ वटा नगरस्तरीय कवर्डहल निर्माण कार्य अघि बढाईने बताउनुभयो ।
वडा वडामा मा ध्यान केन्द्र संचालन, नगरमै मृगौला पिडितका लागि डायलासिस सेवा केन्द्र स्थापना, ५ वर्ष भित्र पोषणको सुनिश्चितता गरी सुनवललाई पोषणमैत्री नगरपालिका घोषणा गर्ने , आगामी अार्थिक वर्ष नगरभित्र पाँच हजार लिटर सम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई महसुल छुट र विपन्न वर्गका नागरीकहरुलाई निशुल्क धारा जडानको व्यवस्था, सुनवललाई ग्रिन सिटिको रुपमा विकास गर्न ग्रिन सुनवल क्लीन सुनवल कार्यक्रम संचालन तथा आगामी ४ वर्ष भित्र वातावरणमैत्री नगर निर्माण, वडा न. ४ को मच्छरमारा सेतीपहाड क्षेत्रमा दिर्घकालिन बहुउदेश्यिय ल्यान्डफिल साईट निर्माण गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख रहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।
नगर उप प्रमुख सुर्य दुबेको अध्क्षतामा सम्पन्न कार्यक्रममा नगर भित्रका १३ वटै वडाका वडा अध्यक्ष , वडा सदस्यहरु कार्यपालिका सदस्यहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा नगर प्रमुख बिमला अर्यालले आर्थिक विकासतर्फ रोजगारी प्रर्वधनका लागि नगरमा एक स्वरोजगार कोषको स्थापना, लघु उद्यम र उद्यमशिलता विकास सम्बन्धि कार्यक्रम संचालन, एक व्यक्ति एक तालिम एक व्यवसायको निति अवलम्बन गरीने छ । महल पोखरी होमस्टेमा २ वटा नमुना होमस्टेको विकास तथा संचालन, विभिन्न पर्यटकिय,ऐतिहासिक ,पुरातात्विक स्थलको संरक्षण र संर्वद्धन र पुनः निर्माण गरीने यस्तै पुर्वाधार क्षेत्रतर्फ नगर चक्र पथ निर्माण, नगरका महत्वपुर्ण र्स्थानहरुलाई फ्रि वाईफाई जोन बनाउने, दुर्घटना र अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थित पार्ने लगायत कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख रहेको जानकारी गराउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here