सरावल गाउपालिकाको कुल बजेट ५६ करोड ८७ लाख १३ हजार

0
53

परासी, १० असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्बजनिक गरिएको छ । सरावल गाउँपालिकाका अध्यक्ष तथा दशाैँ गाउँसभाका सभाध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे सभाध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ चाैधरीकाे प्रमुख अातिथ्यतामा एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । दशाैँ गाउँसभामा प्रस्तुत नीति तथा बार्षिक कार्य योजनामा कृर्षि ,शिक्षा, स्वास्थ्य तथा महिला एवं बालबालिका र पुर्वाधार बिकासलाई बिशेष प्राथमिकता दिएइएको छ। सभाले ५६ करोड ८७ लाख १३ हजार बराबरको बार्षिक बजेट वक्तब्य गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले प्रस्तुत गर्नुभएको हाे । जसअन्तर्गत चालू तर्फ ३३ कराेड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया तथा पुजिगत तर्फ २२ कराेड ९८ लाख ९ हजार ६ सय ६ रुपैया रहेको छ।

दशाैँ गाउँसभालाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ चाैधरीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनु भयो । साथै देशको समग्र विकासमा स्थानिय निकाय महत्त्वपूर्ण हुने हुदा जिम्मेवार भएर गाउँपालिकाको विकास निर्माण कार्यमा लाग्न जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिनुभएको थियोे ।

गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७९/०८० को बार्षिक निति तथा कार्यक्रम दशाैँ गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताए ।

संघिय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली,प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनता र सरावल गाउँपालिकाको समृद्ध सरावल गाउँपालिका,खुशी सरावलबासी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
गाउँसभामा विशेष अतिथिकाे रुपमा पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन , लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य द्वय दिपेन्द्र कुमार अधिकारी , भगवती भण्डारी , सरावल गाउँपालिकाका पुर्व अध्यक्ष राधेश्याम चाैधरी,नेपाली काङ्ग्रेस सरावल उपसभापति महेन्द्र चाैधरी , लाेसपा नेता इन्द्रकमल यादव, नेकपा एमाले नेता देबेन्द्र कुमार भट्टराई ,नेकपा माअाेवादी नेता राेहित गाैड , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष भेष नरायण चाैधरी , वडा नम्बर ५ वडा अध्यक्ष लक्षमण चाैधरी , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , शिक्षा शाखा प्रमुख तुलसी अधिकारी लगाएतले महत्त्वपूर्ण सुझाव सहित शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा पुर्व जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले स्वागत मन्तब्य राखेको गाउँसभाकाे कार्यक्रम सन्चालन सहायक लेखापाल नरेश काेहारले गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here