परासी, १० भदौ । नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवाँमा यसवर्ष पनि ठुलो ताजिया मेला लाग्ने भएको छ । मुस्लिम समुदायको महान पर्व मोर्रमको ताजिया मेला गतवर्ष जस्तै यसबर्ष पनि भुजहवाँमा ठुलो ताजिया मेला लगाईने भइएको छ ।
५० फिट उचाई र २५ फिट चौडाइमा रहने उक्त ताजिया भारतको देवा शरिफको नक्शामा निर्माण कार्य भैरहेको ताजिया मिस्त्री मोहम्मद हुसैनले बताए । उनले भने आरबीको पहिलो मोहर्रम महिनाका १० तारिखका दिन लाग्ने ताजिया मेला अब २५ दिन मात्र बाकी रहेकाले ताजिया निर्माण कार्यमा व्यापक तिब्रता लाइएको बताए ।
१८ खण्डमा विभाजन गरिएको यो ताजिया बाँसैबाँसको खण्ड निर्माण गरि रङ्गिनचङ्गिन कागज डिजाईन गरि बेरिने हेड मिस्त्री बन्धन सहानीले बताए । उनले भने यो ताजिाय गाउँलेको आर्थिक सहयोगमा निर्माण भैरहेको छ । यसको कुल लागत २ लाख रुपैया लाग्ने बताइएको छ ।
मुस्लिम समुदायको ताजिया मेला हिन्दु मुस्लिमको केन्द्र बन्ने गरेको छ । लगातार ३ दिनसम्म चल्ने ताजिया मेलामा थकरी, लाडीभाला, ढाँकतास गरि विभिन्न खेलहरुको प्रतियोगिता पनि गराईने गरिन्छ । यस मेलामा नेपाल भारतका गरि कुल १० हजार दर्शक मेला अवलोकन गर्ने स्थानियको अनुमान छ ।