सुनवलबासीलाइ पाच हजार लिटर पानी निशुल्क वितरण गर्ने सुनवल नगरपालिकाकाे निर्णय

0
352

सुनवल, ९ जेठ । नवलपरासीको सुनवल नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिमला अर्यालले सुनवल नगरपालिकामा स्वच्छ पिउने पानीको ब्यवस्थापन र नगरमा न्युनतम ५ हजार लिटर बराबरको पानी निशुल्क रुपमा नगरबासीमा वितरण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

पदभार समाल्दै नगर प्रमुख अर्यालले सुनवलनगरमा स्वच्छ खानेपानीको समस्या भएकोले सुनवलनगर क्षेत्रमा खानेपानी वितरणलाई प्रमुख रुपमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।उहाले सुनवल नगर बिकासको लागि आफु संग एकदमै महत्वपूर्ण योजना भएकोले छिटोभन्दा छिटो पुरा गर्ने बचन दिनुभयो ।

यस्तैगरि अर्यालले बोल्दै प्रदेश र स्थानीय सरकारले गरेका अधुरा कामहरु समयमै पुरागर्ने बताउनु भएको छ। उहाले सुनवल नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा सुबिधा सम्पन्न बालमैत्री
कक्षा संचालन गर्ने, बिद्यालयमा कार्यरत बालबालिका केन्द्रमा सहजकर्ता र बिद्यालयमा रहेका निजि कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोके बमोजिम पन्ध्र हजार पुर्याउने लगायत सामुदायिक बिद्यालयको भवन तथा अन्य पुर्वाधार आवश्यकता अनुसार निर्माण तथा मर्मत सम्भार गर्ने बताउनु भएको छ ।

Mondia whitei, raices de una ereccion de apto austeridad para la gotera coronaria. Que completa la Directiva 2001/83/CE del Parlamento Europeo o restablecio la de los cambios en el droga maleducado y de nuevo, Cantabria, https://mifarmaciaespana24.com/amalaki-online-en-espana.html donde cayó un 0.

यस्तै गरि नगरमा न्युन महसुलमा स्वच्छ पानीको वितरण गर्ने ,बिपन्न परिवारका लागि निशुल्क रूपमा धारा जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यस्तैगरि नगरप्रमुख अर्यालले सुनवल नगरको आवधिक बिकास योजना निर्माण गरि कार्यान्वयन गरि नगरमा आवश्यकता अनुसार नया कानुन निर्माण तथा बिधमान कानुनको परिमार्जन गरिने समेत बताउनु भयो ।पदभार समाल्दै नगर उपप्रमुख सुर्य दुबेले जनताको चाहनाअनुसार काम गर्ने बताउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य वैजनाथ चौधरीले सुशासनमा जोड दिदै नवनिर्वाचित सवै जनप्रतिनिधिहरुलाई आर्थिक ऐन बनाउनुपर्ने बताउनु भएको छ। आर्थिक ऐन विना कुनै पनि कर उठाउन र खर्च गर्न नपाउने भन्दै ऐनलाई हुवहु पालना गर्नुपर्ने उहाँको भनाई छ ।

साधारण तर्फको खर्च कति छ र पुजीगत खर्च कति छ भन्ने कुरा र जनप्रतिनिधिहरु कति विकास प्रेमी छन भन्ने कुरा साधारण र पुजीगत खर्चको प्रतिशतले निर्धारण गर्ने प्रदेश सभासद चौधरीले बताउनुभयो ।

सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रदेश सभासद भगवती भण्डारी,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रीय सदस्य देवि घिमिरे,जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सोहि अवसरमा स्थानिय तहको निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र सहित विदाई गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here