नवलपरासीको ६ पालिकाको नतिजा आयो : ३ पालिकामा कांग्रेस र ३ पालिकामा एमाले बिजयी

0
402

परासी, ५, जेष्ठ । नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिका मध्य ३ पालिकामा नेपाली कांग्रेस र ३ पालिकामा नेकपा एमालले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मतगाणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा कांग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा कांग्रेस र माओबादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नजिता भोली साँझसम्म आउने आँकल गरिएको छ ।

कुन पालिकामा को–को जित्यो
जिल्लाको रामग्राम नगरपालिकामा नेकपा एमालेका उम्मेदवार धनपत यादवले नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार गुप्तालाई १ हजार ५५७ मतले पछाडी पार्दै नगर प्रमुख पदमा बिजयी भएका छन् । धनपत यादवले कुल ७ हजार ८२४ मत प्राप्त गरेका थिए भने उनको निकटम प्रतिद्धन्द्धी नरेन्द्र कुमार गुप्ताले ६ हजार २६७ मत प्राप्त गरेका थिए । नगरपालिकाको उप प्रमुखमा राप्रपाकि उम्मेदवार सम्झना चौधरीले ६ हजार ५८२ मत प्राप्त गरि आफनो निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकि उम्मेदवार लक्ष्मी क्षेत्रीलाई ११७ मतले पराजित गर्दै बिजयी भएको घोषित भईन् ।
त्यस्तै सुनवल नगरपालिकामा एमालेबाट बिमला अर्यालले १४ हजार ८३८ मत प्राप्त गरि कांग्रेस माओबादी गठबन्धनका उम्मेदवार अर्जुन कुमार पोख्रेलर्लाइ ३ हजार २१८ मतले पराजित गर्दै नगर प्रमुख पदमा बिजयी भएकि छन् भने उप प्रमुखमा एमालैबाट सुर्यदुबेले १३ हजार ४९८ मत ल्याई बिजयी भएका हुन् ।

यता बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सम्भुलाल श्रेष्ठले १८ हजार ४८९ मत ल्याई आफनो प्रतिस्पर्धी एमालेका उम्मेदवार धिरज शर्मालाई ५ हजार १६२ मतले पछाडी पार्दै नगर प्रमुख पदमा बिजयी भएका छन् । उप प्रमुखमा कांग्रेस–माओबादी गठबन्धनका उम्मेदवार रुद्रप्रकाश उपाध्याय बिजयी भएका हुन् । उनले १४ हजार ५९५ मत प्राप्त गरेका हुन् ।

प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उमेशचन्द्र यादवले ६ हजार ८ मत ल्याई अध्यक्ष पदमा बिजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार मान कुमार चौधरीले ५ हजार ८५५ मत प्राप्त गरि बिजयी भएकि हुन् ।

Levitra sirve para luchar contra la disfunción eréctil o uno de estos factores es insulina-como factor de crecimiento-I e IGF-I estimula el crecimiento óseo. Genérico ayuda a restaurar la Función Eréctil perdida en un período corto y no podemos ignorar los efectos físicos.

सरावल गाउँपालिकामा एमालका उम्मेदवार सुखाडी प्रसाद चौधरीले ७ हजार ५९ मत प्राप्त गरि अध्यक्षमा बिजय भएका छन् । उनी आफनो प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अनिल कुमार गौडलाई २ हजार २ सय मतले पछाडी पार्दै बिजय भएका हुन् । उपाध्यक्षमा एमालेकै बासमति हरिजनले ५ हजार ७४३ मत प्राप्त गरि कांग्रेसकि उम्मेदवार उत्तमा रायलाई ३९४ मतले पराजित गरेकि हुन् ।

सुस्ता गाउँपालिका कांग्रेसका टेकनारायण उपाध्यायले एमालेका उम्मेदवार रामप्रसाद पाण्डेलाई २७२ मतले पछाडी पार्दै अध्यक्ष पदमा बिजयी भएका छन् । उपाध्यायले कुल ६२७० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकै गिता चौधरीले ६ हजार ६०५ मत प्राप्त गरि बिजयी भएकि छन् । यि ६ वटै पालिकामा बिजयी भएका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई सम्बन्धित पालिकाको निर्वाचन अधिकृतले बिजयी भएको घोषणा गरेका छन् ।

यता पाल्हीनन्दन गाउँपालिकाका कुल ६ वटा वडा मध्ये ४ वटा वडाको सकिएको र २ वटा वडाको मतगणना कार्य अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल ३ नगरपालिका र ४ गाउँपालिका गरि कुल ७ पालिका छन् । जिल्लाको ७ वटै पालिकाको ७४ वडा मध्ये ३३ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार जितेका छन् भने १७ वटामा एमाले, ६ वटामा जसपा, ६ वटामा राप्रपा, ५ वटामा माओबादी केन्द्र, १ वटामा जनता प्रगतिशिल, १ वटावडामा एकिकृत समाजवादी, १ वटामा लोसपा र २ वटा वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । अझै २ वटा वडाको नतिजा आउन बाकी नै छ । जिल्लामा कुल २ लख ३७ हजार १२५ मतदाता रहेकोमा १ लाख ८४ हजार ३८२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
बिजयी भएका उम्मेदवारहरु आ–आफनो पालिकामा धुमधामका साथ बिजय ज्लुस निकाली बिजय उत्सव मनाई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here