परासी, ३० बैशाख । नवलपरासीमा ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ। जिल्लाको ७ वटै पालिकामा गरि कुल १ लाख २१ हजार ६४५ मत अर्थात कुल मतको ५१ प्रतिशत मतदाताहरुले मतदान गरिसकेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भयो।
जिल्लामा कुल २८३ मतदान केन्द्र रहेको छ भने २ लाख ३७ हजार १२५ जना मतदाताको तथ्यांक छ। दिउँसो बर्षाले केही पालिकाहरुमा केही समय मतदान कार्य डिस्ट्रब भएको कारण खसेको मतको प्रतिशतमा कमी आएको हो। जिल्ला करीब ८० प्रतिशत मत खस्ने अनुमान गरिएको छ।
जिल्लामा सहज वातावरणमा मतदान कार्य जारी रहेको र जिल्लामा कुनै प्रकारको बिवाद तथा अप्रीय घटना नघटेको प्रशासनले जनाएको छ। जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि कुल ७ वटा स्थानीय तह छ।